"2513058968709111" /> कोइराला बिरामी भएको समाचार किन लुकाइयो ? दोषी को ? - अनिश शर्मा गैरे
Breaking News
recent

कोइराला बिरामी भएको समाचार किन लुकाइयो ? दोषी को ?

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला तीन दिनुदेखि गम्भीर बिरामी परेको विषय निधन भएपछि आज आएर बल्ल बाहिरिएको छ ।
Nepali Congress Sushil Koirala
मुलुकको प्रधानमन्त्री भइसकेको र सबैभन्दा ठूलो दलका सभापति बिरामी भएको समाचार बाहिर किन ल्याइएन भनेर कांग्रेसका कार्यकर्ताले प्रश्न उठाउन थालेका छन् । महाराजगञ्ज निवास ओरपर जम्मा भएका कार्यकर्ताले बिरामी भएको तीन दिन भइसक्दा पनि समाचार लुकाएर कोइरालाका विषयमा कांग्रेसले कार्यकर्ताहरुलाई गुमराहमा राखेको गुनासो गरे ।
सार्वजनिक जीवनको व्यक्तिका विषयमा जानकारी राख्न पाउने अधिकार सबैलाई हुन्छ । त्यसमा पनि कोइरालाका विषयमा जानकारी पाउन जबरजस्त अधिकार कांग्रेस कार्यकर्ताको नै हो ।
कोइराला तीन दिनदेखि गम्भीर रहेको चिकित्सक डा।करवीरनाथ योगीले पनि बताएका छन् । आज कांग्रेसले जारी गरेको विज्ञप्तिमा पनि कोइराला तीन दिनदेखि गम्भीर बिरामी रहेको उल्लेख छ ।
‘सभापति सुशील कोइराला बिरामी भएको तीन दिन भइसकेको रहेछ’, ती कार्यकर्ताले भने, ‘मुलुकको प्रधानमन्त्री भइसकेको र वर्तमान सभापतिको समाचार लुकाउन पाइन्छ रु’ यस्ते आक्रोश अरु कार्यकर्ताहरुले पनि पोखेका छन् ।
यसअघि कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बिरामी हुँदा सहयोगीहरुले छिनछिनमा प्रेस विज्ञप्तिमार्फत सूचना दिने गर्थे । चिकित्सकहरुपनि सञ्चारकर्मीको सम्पर्कमा रहन्थे ।
गिरिजाप्रसाद बिरामी भएको समाचारका विषयमा सबै सुरुदेखि नै जानकार थिए । यद्यपि सुशील कोइराला थला परेको विषय यति गोप्य राखियोकि उनको मृत्यु भएपछि मात्रै सबै विषय बाहिर आए ।
कोइराला बिरामी परेर अन्तिम अवस्थामा पुग्दा पनि समाचार लुकाइएको विषयमा नेपाली कांग्रेसले समीक्षा गर्नेछ । खोजबिन गर्नेछ ।
अहिले कांग्रेस शोकमा रहेकाले यस विषयमा ध्यान नपुग्न सक्छ । तर सभापति कोइरालाको बिरामी भएको समाचार नदिएको विषयमा एक पटक कांग्रेस कार्यकर्ताले गम्भीर रुपमा लिनै पर्छ ।
अहिले कांग्रेसको महाधिवेशन चलिरहेको थियो । यति गम्भीर बिरामी परेका कोइरालाको समाचार लुकाएर कसैले व्यक्तिगत वा राजनीतिक लाभ लिन खोजेको हो कि भने महाराजगञ्जमा जम्मा भएका कार्यकर्ताले प्रश्न उठाएका छन् ।
कोइरालालाई नियमित भेट्न पदाधिकारी र अन्य केन्द्रीय सदस्यहरुले पनि बिरामी भएको समाचार बाहिर ल्याएनन् । किन ल्याएनन् उनीहरुविरुद्ध पनि यो प्रश्न उठेको कांग्रेस कार्यकर्ताको भनाइ छ । ९तस्बिर सौजन्य यूपी लामिछाने०

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.