"2513058968709111" /> को हुन् सुशील कोइराला ? - अनिश शर्मा गैरे
Breaking News
recent

को हुन् सुशील कोइराला ?

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको गएराति १२ः५० मा उहाँकै निवास महाराजगञ्जमा निधन भएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।
Sushil-koirala
उहाँले अन्तिम पटक आफ्ना निजी सहयोगीका रुपमा कार्यरत कृष्ण अर्याल र निजी चिकित्सक डा। करबीर योगीसंग सम्वाद गर्नु भएको थियो । उहाँले अन्तिम वाणी ‘मैले बुझिसके ’ भन्ने थियो ।उहाँलाई अलिक बढी चापेपछि निजी चिकित्सक डा। योगीलाई बोलाइएको थियो ।
उहाँको पल्स कम हुँदै गएपछि उपचारका सम्बन्धमा कुरा हुँदा उहाँले सो कुरा व्यक्त गर्नुभएको थियो । अन्तिम समयसम्म पनि उहाँलाई अक्सिजन र नेवुलाइजर दिइएको थियो ।
उहाँमा पछिल्लो समय निमोनिया र ज्वरो देखिएको थियो । उहाँलाई निजी चिकित्सक र आवश्यकता अनुसार विशेषज्ञ चिकित्सकहरुले सेवा पुर्याउदै आउनु भएको थिायो । उहाँमा दमको समेत प्रभाव देखिएकोले उहाँले केही दिन अगाडिदेखि आवश्यकता अनुसार नेवुलाईजर र अक्सिजन लिने गर्नुभएको थियो । उहाँमा केही दिन यता निद्रा पनि कम हुँदै गएको थियो । यस्तो बेलामा टेलिभिजनमा देश विदेशका समाचार हेर्दै नेपालको अवस्थाका बारेमा आफ्ना सहयोगीसंग चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।
पार्टीको बाह्रौ अधिवेशनबाट सभापति निर्वाचित हुनु भएका सभापति कोइराला त्यस पूर्व कार्यबाहक सभापति,पार्टी महामन्त्री र केन्द्रीय सदस्यको रुपमा रही पार्टी मार्फत देश र जनताको सेवामा संलग्न हुनुभएको थियो ।
संविधानसभाबाट संविधान निर्माण गर्ने कार्यको नेतृत्व गर्नुभएका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालका नायक नेका सभापति तथा तात्कालिन प्रधानमन्त्री कोइरालाले आफ्नो बचनबद्धता अनुरुप संविधान सभाबाट संविधान जारी भएपछि नयाँ प्रधानमन्त्री चयनको मार्ग प्रशस्त गर्नुभएको थियो ।
प्रधानमन्त्रित्व कालमा भारत, चीन, म्यानमार, संयुक्त राज्य अमेरिका, बेल्जियम, लक्जेम्बर्ग,इण्डोनेशियाको भ्रमण गर्नुभएको थियो । प्रधानमन्त्री पदमा रहदा भ्रमण मार्गमा यूएइको अबुधावी, थाइलैण्डको पनि भ्रमण गर्नुभएको थियो ।
उहाँले संयुक्त राष्ट्ररसंघको ६९ औ महासभा, अफ्रो एशियाली शिखर सम्मेलनको स्वर्ण महोत्सवको उपलक्ष्यमा आयोजित जकार्ता र वाड।डुड् सम्मेलनमा संबोधन गरी विश्वमा लोकतन्त्रक व्यवस्थाका माध्यमबाट शान्ति,सद्भाव कायम गर्दै विश्वभर सुख शान्ति र समृद्धि फैलाउन आग्रह गर्नुभएको थियो ।
सुशील कोइरालाको व्यक्तित्व
जन्मः वि।सं १९९६ साउन २८ गते
जन्मस्थान स् विराटनगर मोरङ्
स्थायी ठेगाना स् नेपालगञ्ज–१३, बाँके
वैवाहिक स्थितिः अबिवाहित
पिता स् बोधप्रसाद कोइराला
माताः कुमुदिनीदेवी कोइराला
दाजुभाइ स् ६ जना ९प्रमोद कोइराला, विनोद कोइराला,सुशील कोइराला,डा।अरुण कोइराला,अशोक कोइराला,विजय कोइराला०
दिदीबहिनी स् ६ जना ९दिती शर्मा,आभादेवी शर्मा, विभा,सुधा कोइराला,शशी शर्मा,सरिता ०
राजनीतिमा संलग्नता स्
– २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न ।ठाकुरराम हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहदा नै राजनीतिमा सक्रिय ।
– नेपाली कांग्रेसले अंगीकार गरेको राष्ट्रियता, प्रजातान्त्र र समाजवादको आदर्श एवं नेपाली कांग्रेसका संस्थापक वी पी कोइराला लगायतका नेताहरुको व्यवहारबाट अभिप्रेरित भएर राजनीतिमा संलग्न।
– २०११ सालमा पिताजी बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ रहदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोल्न प्रस्थान ।
– २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी ।
– २०१४ सालमा निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी ।
– २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी ।
– २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा।अरुण कोइराला सहित कलकत्ता प्रस्थान । पश्चिम बंगालका मुख्य मन्त्री विधानचन्द्र रायसंग भेटघाट ।भारतमा पत्रकार सम्मेलन । भारतीय नेता जयप्रकाश नारायण, डा। राममनोहर लोहिया, अशोक मेहता, मधु दण्डवते लगायतका नेताहरुसंग सम्पर्क गरी नेपालको राजनीतिक अवस्थाबारे अवगत गराउनु भएको ।
– बेलायतकी महारानी एलिजावेथ द्वितीयाको नेपाल भ्रमण तय भएपछि नेपाल अशान्त भएको र जनता प्रजातन्त्र अपहरित भएकोमा रुष्ट रहेको सन्देश दिन नेपालका विभिन्न भागमा भूमिगत रुपमा विरोध कार्यक्रम सञ्चालन ।
– राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील ।
– २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्र्वािसत ।
– २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ । ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा ।
– २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि९बैशाख १गते० गिरिजाप्रसाद कोइरालासंगै आम माफी ।
– २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय ।
– २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी ।
– २०४६ सालको जनआन्दोलनमा अग्रपडि।तमा सक्रिय । जनआन्दोलनका कार्यक्रम सञ्चालन गरी जनमत सिर्जना गर्न बर्दियामा सक्रिय रहेका बेला नेका नेता तारानाथ रानाभाटसंगै गिरफ्तार ।
– २०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय ।
– २०६१ माघ १९ गते शाही “कु”भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्द । त्यसपछि नेपाली कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय सहभागिता ।
– निरड।कुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह ।
– प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल ।
पार्टीमा जिम्मेवारी
– पार्टी सदस्यः २०१२ साल
– सम्पादक स् तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा ।
– पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि
– विदेश विभाग प्रमुखः २०४५र४६ ९सन १९९० ०मा
– पार्टी महामन्त्री स् नवौं महाधिवेशन २०५३,पोखरापछि
– पार्टी उपसभापतिः २०५५ असोज २० गते
– कर्यबाहक सभापतिः एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२९संस्थापन० र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४
– सभापति स् बाह्रौ महाधिवेशन २०६७, १–५ असोज, काठमाण्डौं ।
विधायिकी यात्रा
– संसदीय दलको नेता निर्वाचित २०७० माघ १२९ प्रतिस्पर्धा नेका वरिष्ठ नेता शेरबहादुर देउवासंग०
– दोस्रो संविधान सभा २०७० को सदस्य निर्वाचित स् बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४
– प्राप्त मतः बाँके १०,७५३ चितवन २०,७६०
– निकटतम प्रतिद्धन्द्धिः बाँके धवलसमशेर राणा ८,८०३ राप्रपा नेपाल र चितवन चित्रबहादुर श्रेष्ठ १०,७३९,
– पहिलो संविधान सभाः २०६४ मा पराजित९ मधेशी जनाधिकार फोरमका सर्वदेव ओझा निर्वाचित०
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ः विजयी ९ निकटतम प्रतिद्धन्द्धि नेकपा मालेका रिजवान अहमद साह०
– संसदीय दलको नेतृत्वमा प्रतिस्पर्धा स् प्रधानमन्त्रीबाट गिरिजाप्रसाद कोइरालाले राजिनामा दिएपछि २०५८ मा सम्पन्न संसदीय दलका नेताको निर्वाचनमा प्रतिस्पर्धा ९शेरबहादुर देउवा विजयी०
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०५१ को निर्वाचनः बाँकेबाट प्रतिस्पर्धा ९शान्ति समशेर जबरा राप्रपा विजयी ०
– प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ को निर्वाचन स् बाँकेबाट विजयी९ निकटतम प्रतिद्धन्द्धि गोविन्द कोइराला एमाले०
– संसदको परराष्ट सम्बन्ध र मानवअधिकार समितिहरुका रही महत्वपूर्ण योगदान
संलग्नता स्
– संस्थापक अध्यक्ष, प्रजातन्त्र सम्बर्धन केन्द्र
– संस्थापक अध्यक्ष,वी। पी। कोइराला स्मृति ट्रष्ट
– संरक्षक वी पी कोइराला स्मृति संग्राहलय सुन्दरीजल काठमाण्डौैं
विदेश भ्रमण स् भारत, चीन, श्रीलंका संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका,थाइलैण्ड, जापान ,फिलिपिन्स, हंगकंग,अष्ट्रेलिया र फ्रान्स लगायतका विभिन्न युरोपेली मुलुक
पार्टीको भ्रमण टोलीको नेतृत्वः
सभा सम्मेलन र सेमिनारमा सहभागिता स्
– सन १९८४ मा बेलायतको सेफिल्डमा आयोजित बेलायतको लेबर पार्टीका सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी
– सन १९९६ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित सोसलिष्ट इन्टरनेशनलको सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको सदस्य
– सन १९९६ मा जापानमा आयोजित सोसलिष्ट इन्टरनेशनलको को एशिया प्रशान्त क्षेत्रीय बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व
– सन १९९९ मा फ्रान्सको राजधानी पेरिसमा आयोजित सोसलिष्ट इन्टरनेशनलको चौधौं महाधिवेशन९कन्भेन्सन० मा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व। यसै महाधिवेशनबाट नेपाली कांग्रेसलाई सोसलिष्ट इन्टरनेशनलको पूर्ण सदस्यता प्राप्त ।
– सन २०००मा फिलिपिन्सको मनिलामा आयोजित आइक्याप को प्रथम सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– सन २००२ मा थाइलैण्डको राजधानी बैककमा आयोजित आइक्यापको दोश्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– सन २००४ मा चीनको राजधानी बेइजिड।मा आयो जित आइक्यापको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व ।
– श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित सार्क सम्मेलनमा सम्मानीय प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा रहेको उच्चस्तरीय राष्ट्र्यि प्रतिनिधि मण्डलको सदस्य ।
सपना स् शान्त र समृद्ध नेपाल
सपना पूरा गर्ने माध्यमः जलस्रोत, शैक्षिक ,जनशक्ति, औद्योगिक र पर्यटनको विकासका साथै कृषि र जडिबुटीको व्यवसायिकीकरण ।
९कांग्रेस केन्द्रीय कार्यालयद्धारा उपलब्ध गराइएको
Source : Dainik Nepal Online.....

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.