"2513058968709111" /> भोलि सार्बजनिक विदा, ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने - अनिश शर्मा गैरे
Breaking News
recent

भोलि सार्बजनिक विदा, ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाइने

२६ माघ, काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा बुधबार सार्बजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार विहान बसेको आकस्मिक बैठकले पूर्वप्रधानमन्त्री कोइरालाको निधनमा शोक मनाउन बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय पनि बैठकले गरेको छ । राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने व्यवस्था मिलाउने जिम्मा गृहमन्त्री शक्ति बस्नेतलाई दिइएको छ ।
मन्त्रिपरिषदले कोइरालाको निधनमा शोक मनाउन बुधबारदेखि तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र विदेशस्थित आफ्ना कुटनीतिक नियोगमा माघ २८ र २९ गते शोकपुस्तिका राख्ने निर्णय गरेको कानूनमन्त्री अग्नीप्रसाद खरेलले जानकारी दिए ।
कोइराला २०७२ सालको माघ २७ गतेदेखि २० महिनासम्म मुलकको प्रधानमन्त्री बनेका थिए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.