पर्टी सभापति कोईरालाकोनिधन प्रति नेपाली काङ्ग्रेस कुर्घा द्धारा शोक सभा सम्पन्न ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
फाल्गुण ०७ गते ।।
नेपाली काङ्गेसका सभापति सुशील कोईरालाको १२ औ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस कुर्घा गाँउ कार्य समितिले शोक सभा सम्पन्न गरेको छ ।
पार्टी गाँउ कार्य समितिका सभापति राम प्रसाद अर्यालको सभापतित्व रहेको कार्यक्रममा भर्खरै महाधिबेशन प्रतिनिधिमा निर्वाचित ज्ञानहरी सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति देबिराम शर्मा, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ का क्षेत्रिय कोषाध्यक्ष मृगेन्द्र प्रसाद रिजालको बिशेष आतिथ्यता रहेको थियो । भने क्षेत्रिय प्रतिनिधिहरु ध्रुबराज शर्मा, रुद्रलाल पौडेल, पदम थापा, सक्रिय सदस्य छबिलाल भट्टराई, बयोबृद्ध पदमपाणी अर्याल लगायत पार्टी गाँउ कार्य समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्द्र प्रमुद अतिथि सापकोटा, बिशेष अतिथि शर्मा र रिजालले सादगी नेता शुसीलको निधनले देश तथा पार्टीलाई निकै दुखी बनाएको बताउनुभएको थियो । कार्यक्रममा उहाँले गरेको योगदानको बिषयमा चर्चा परिचर्चा गरिएको थियो । शोक सभाको सञ्चालन सचिब गुनाखर उपााध्यायले गर्नुभएको थियो ।
फाल्गुण ०७ गते ।।
नेपाली काङ्गेसका सभापति सुशील कोईरालाको १२ औ दिनको पुण्यतिथिको अवसरमा नेपाली काङ्ग्रेस कुर्घा गाँउ कार्य समितिले शोक सभा सम्पन्न गरेको छ ।
No comments: