गुल्मीमा कांग्रेस सभापतिमा श्रेष्ठ र सचिबमा पन्थी भारी मतले विजयी ।।
प्रेम सुनार, गुल्मी ।
फाल्गुण ०९ गते ।।
शनिवार देखि नेपाली कांग्रेस गुल्मीमा भएको जिल्ला अधिवेशनको दोश्रो दिन आईतवार जिल्ला सभापतिमा भुवनप्रसाद श्रेष्ठ भारी मतले विजयी भएका छन । उनले ५ सय ४६ मत ल्याएर निकटतम प्रतिद्धन्द्धी शालिक पन्थीलाई झण्डै दोव्वर मतल पराजित गरी विजयी भएका हुन् । पन्थीले २ सय ८७ मत ल्याएका थिए । संस्थापन पक्षका वलिया खम्वा मानिएका श्रेष्ठ सभापतिमा विजयी भए संगै हरेक जिम्मेवारीमा निर्वाचित सदस्य संख्या हेर्दा यस जिल्लामा संस्थापन पक्षको बलियो पकड देखिएको छ ।
यस अघि श्रेष्ठ उपसभपाति थिए । विद्याथी देखि नेपाली कांग्रेसको राजनीति गरेका श्रेष्ठ जनता र कार्यकर्ताकै माझमा रहेर उनिहरुको दुख सुखमा लागेर राजनीति गर्न सके उनिहरुले नै हरेक जिम्मेवारी सुम्पी दिने बताउँदै आएका छन् । उनले नेपाली कांग्रेसलाई एक ढिंका पारेर लैजाने उद्घोष गरेका छन् । त्यस्तै सचिवमा खिलध्वज पन्थी पनि भारी मतले विजयी भएका छन् । कोषाध्यक्षमा हरिबहादुर खत्रीले पनि शाानदार जित हाँसिल गरेका छन् । शनिवार सभापतिका लागि पाँच जनाले उमेदवारी दिएका थिए । तर कुनै पनि उमेदवारले ५१ प्रतिशत मत ल्याउन नसके पछि आईतवार श्रेष्ठ र पन्थी दोश्रो चरणको चुनावी मैदानमा भिडेका थिए । निर्वाचन अधिकृत हरि ज्ञवालीले दिएको जानकारी अनुसार ३ वटै क्षेत्रवाट २७ जनाबाट जिल्ला सदस्यका लागि उमेदवारी परेकोमा ६ जना मात्रै विजयी भएका छन् । क्षेत्र नम्वर १ वाट गोपालप्रसाद पाण्डे र धिरेन्द्र केसी विजयी भएका छन् । जनजातीबाट गोपालप्रसाद श्रेष्ठ, दलितबाट पुर्णबहादुर सार्की, महिलाबाट करुणा खरेल र सिता वलाल जिल्ला सदस्य भएका छन् । अल्पसंख्यकबाट श्रीप्रसाद छन्त्याल जिल्ला सदस्य भएका छन् । क्षेत्र नम्वर २ वाट अनन्त पौड्याल र भाडगाउँ माध्यमिक विद्यालयका प्रधानध्यापक रहेका थम्मन बहादुर खत्री चुनावी मैदानमा उत्रिएर विजयी भएका छन् । त्यस्तै सोही क्षेत्रबाट महिला सदस्यमा अमृतादेवि कुँवर र कल्पना घिमिरे चुनिएका छन् । जनजाती तर्फ प्रकाश भलामी , दलितबाट झविन्द्र बिक र अल्पसंख्यकबाट कौरव खत्री जिल्ला सदस्य भएका छन् । क्षेत्र नम्वर ३ वाट काशीबहादुर बोहरा र नविन जिसी जिल्ला सदस्यमा विजयी भएका छन् । महिलाबाट अनिता अर्याल र शुसिला भुसाल, जनजातीबाट गोपाल थापा मगर र दलितबाट हरिकृष्ण परियार जिल्ला सदस्य भएका छन् । सो र्पार्टीका कार्यकर्ता छवि पाण्डेले दिएको जानकारी अनुसार ् सो क्षेत्रबाट अल्पसंख्यबाट चयन गर्न सकिएको छैन ।

No comments: