"2513058968709111" /> बाग्लुङको अधिकारीचौरमा एक गाडि चालकको रहस्य मय मृत्यु ।। - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङको अधिकारीचौरमा एक गाडि चालकको रहस्य मय मृत्यु ।।

छविलाल पाण्डे बुर्तिबाङ फाल्गुन ६ गते
जिल्लाको अधिकारीचौर गाविस स्थित वडा नँ ५ चामिद्धारमा बिहिबार एक युवकको नदिमा दुबेको अबस्थामा शव फेला परेको छ । बाग्लुङको बोङगादोभान ७ घर भई हाल बुर्तिबाङ बोङगादोभान, तथा बोबाङ अधिकरीचौर लगाएतका क्षेत्रमा जिप चलाउँदै आएका युबक भिम बहादुर बिकको रहूय मय मृत्यु भएको हो ।
 अन्दाजि २६ बर्षिय बिकको बिहिबार बिहान अधिकारी चौर स्थित वडा नँ ५ को चामिद्धार खोलामा ब्यबहारीसे अबस्थामा शव फेला परेको स्थानीयले बताएका छन् ।
बुधबार साँझ बुर्तिबाङ बजार देखि यात्रु लिएर चामिद्धार गएका उनी नदि किनारमा आधा शरीर पानीमा दुबेको अबस्थामा माछा मार्नै प्रयोग गरीएको जस्तो अबस्थामा नजिकै गाडिको ब्याट्रि, हातमा लथ्ठि समातेको तथा शरीरका कपडा पुर्ण रुपमा लगाएको अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङले बताएको छ ।
बिकको हत्या हो या माछा मार्नै प्रयोग गरीएको ब्याट्रिको करेन्टले मृत्यु भएको हो । यो भने रहस्य मय छ । ब्याट्रिको करेन्ट हो भने ईन्भटर समेत जडान भई चार्ज हुनुपर्नै उता एक्लै नदिमा रातको समयमा माछा मार्नै जानु नपर्नै हो ।
हत्या हो । भने कस्ले हत्या गरेको हो । यो बिषय भने आम जनताको जिक्षासाको बिषय छ । नदिमा रातको समयमा ब्याट्रिबाट करेन्ट लगाएर माछा मार्नै एक्लै कसरी सम्भब हुन्छ । यो पनी प्रस्नको बिषय हो । अर्का तर्फ सँधै बस्ने होटलमा समेत जानकारी हुनुपर्नै होटलवाला लाई समेत यस बिषयमा कुनै जानकारी नभएको बताइएको छ । अब यस्तो अप्रत्यासित घटनाको रहस्य के हुन सक्छ । जसरी पनी प्रहरी प्रशाशनले यस्को बारेमा सत्य तथ्य बाहिर ल्याउनु जरुरी रहन्छ । मृतक बिकका घरमा श्रीमती र एक छोरा एक छोरी छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.