तस्बिरमा बिदाई सुशीलको..............
२६ माघ, काठमाडौं । दिवंगत सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाइएको छ ।
सोमबार मध्यराति १२ः५० मा निधन भएका कोइरालाको पार्थिव शरीर विहान पार्टी कार्यालय सानेपा लगिएको थियो । जहाँ वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली दिएका छन् ।
पूर्व राष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङले पनि कोइरालाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।
दिवंगत सभापतिप्रति श्रद्धान्जली अर्पण गर्न कांग्रेस नेता(कार्यकर्ता पनि सानेपा पुगेका थिए ।
पूर्वप्रधानमन्त्री कोइराालाको पार्थिव शरीरलाई अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिएको छ ।
No comments: