ने्पाली काङ्ग्रेसका जिल्ला स्तरका ब्यक्तित्वहरुद्धारा गुल्मीको अर्लाङ्कोटमा कार्यकर्ता भेटघाट ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष २५ गते ।।
ने्पाली काङ्ग्रेसका जिल्ला स्तरका ब्यक्तित्वहरुद्धारा गुल्मीको अर्लाङ्कोटमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । नेपाली काङ्ग्रेस अर्लाङ्कोट गाँउ कार्य समितिको आयोजना तथा जिल्ला तहका ब्यक्तित्वहरुको संयोजनमा बृहत भेला गर्दै कार्यकर्ता भेटघाट गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेस गाँउ समिति अर्लाङ्कोटका सभापति विश्वनाथ सापकोटाको सभापतित्व रहेको थियो भने नेपाली काङ्ग्रेस गुल्मी कार्य समितिका उपसभापति भुवन प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले देशको अहिले भईरहेको बेराजगारीको अबस्थालाई चिर्दै देशमै स्वोजगार दिनु नै मुख्य आबश्यकता भएको बताउनुभएको छ । अर्लाङ्कोट गाबिसका लागी परेका बिकास निर्माणका योजनाहरुमा आफ्नो सधै साथ रहने बताउनुभयो । देशका बिभिन्न क्षेत्रहरुमा धेरै बिकटता रहेको भन्दै उहाँले त्यस क्षेत्रमा पनि सक्दो चाँडो बिकास निर्माणका कार्यहरु अगाडी बढाउनु पर्ने उहाँको भनाई रहेको छ । उपसभापति श्रेष्ठले नागरीककमा हक अधिकार संग आफुलाई सम्बन्धीत बनाउन नसक्ने नेतालाई नेता भन्न नमिल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिब द्धोय छन्द बहादुृर पहराई, बिष्णु बलाल, नेपाल शिक्षक संघ जिल्ला सभापति प्रेमनारायण भण्डारी, नेपाल तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थी, नेपाल शिक्षक संघ गुल्मीका पुर्ब उपसभापति बुद्धि प्रसाद सापकोटा, नेपाली काङ्ग्रेस अर्लाङ्कोट गाँउ कार्य समितिका पुर्ब पार्टी सभापति द्धोय टिकाराम सापकोटा, यादुलाल सापकोटा, नेपाल शिक्षक संघ ईलाका नम्बर ९ का सभापति तेज बहादुर महत, सितापुर उमाबि अर्लाङ्कोटका प्राचार्य बिष्णु प्रसाद खरेल, शिक्षक दुर्गादत्त सापकोटा लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमा बोल्ने पार्टी सम्बद्ध ब्यक्तित्वहरुले पार्टीका समसामयिक राजनीतिक गतिबिधिहरुको बारेमा जानकारी गराउनुभएको थियो । नेपाल तरुण दल अर्लाङ्कोट गाबिस अध्यक्ष हरिनारायण सापकोटाको स्वागत मन्तब्य सँगै शुरु भएको कार्यक्रमको सञ्चालन सचिब डिल्लीराज खरेलले गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका कन्द्रिय पार्सद कौरब खत्रीको बिशिष्ट आतिथ्यता रहेको थियो भने बिभिन्न संघसंस्थाका प्रतिनिधि, नेपाली काङ्ग्रेसका भातृ संगठनहरु तथा नेपाली काङ्ग्रेसमा आस्थावान पार्टी कार्यकताहरुको सहभागीता रहेको थियो ।

No comments: