"2513058968709111" /> महेन्द्र आदर्श उमाबि वामीमा बाल क्लबको गठन - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उमाबि वामीमा बाल क्लबको गठन

बाल क्लबले बिद्यालयको फोहोर ब्यबस्थापनमा बिशेष जोड दिने ।।
अनिश शर्मा गैरे, वामी गुल्मी ।।
पौष ०८ गते ।।
महेन्द्र आदर्श उमाबि वामीमा आज बाल क्लबको गठन गरिएको छ । बिद्यार्थी गौरब घिमिरेको अध्यक्षतामा २० सदस्यीय बाल क्लबको गठन गरिएको हो । जस्को उपाध्यक्ष तुलसी सापकोटा, सचिबमा समुन्द्र काफ्ले, सहसचिबमा प्रकाश राना, कोषाध्यक्षमा सन्तोष राना, सहकोषाध्यक्षमा ईश्वर खत्री रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा एलिना सापकोटा, बिनु राना, सौरभ कार्की, बिनिता रायमाझी, यम बहादुर छन्त्याल, बिष्णु राना, गोपाल राना, कबिता कार्की, बालकुमारी पुन, पोम बहादुर राना, शिब राना, कालिका राना, राजु राना तथा ममता काफ्ले रहनुभएको छ । आज भएको गठन कार्यक्रम पश्चात बाल क्लबले बिद्यालयमा बिबिध कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । क्लबले ठोस फोहोर मैला ब्यबस्थापनका लागी प्रत्येक कक्षाहरुमा डस्टबिनको प्रयोग गर्ने, बिद्यालय परिसर भित्र कुहिने र नकुहिने ठोस फोहोर ब्यबस्थापन गर्ने र कमपोस्ट मल तयार गर्ने निर्णय गरिएको छ । त्यसैगरी आगमी १३ गते बालक्लबको बैठक बसी कार्य बिभाजन गर्ने समेत निर्णय गरिएको छ । बिद्यालयका सहायक प्राचार्य टिकाराम खरालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बालक्लबका ईन्चार्ज तथा शिक्षक टेक बहादुर राहडीको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरालले नव निर्बाचित बाल क्लबका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै बाल क्लबले बिद्यालयमा नमुना काम गर्न सकोस भन्नुभएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.