"2513058968709111" /> माओवादी विप्लव समूहद्वारा गुल्मीमा टुङ्कुला र कन्टेसा मदिरा बिक्रि बितरणमा रोक ।। - अनिश शर्मा गैरे
Breaking News
recent

माओवादी विप्लव समूहद्वारा गुल्मीमा टुङ्कुला र कन्टेसा मदिरा बिक्रि बितरणमा रोक ।।

विप्लव माओवादी समूहले गुल्मी जिल्लामा अनाधिकृत रुपमा संचालनमा आएका मदिरा पसल र स्वास्थ्यकालागि अत्यन्तै हानीकारक किसिमका मदिराको विक्रि वितरणमा रोक लगाएको छ । नेकपा माओवादी विव्लव समूहका जिल्ला सेक्रेटरी विष्णु पन्तले एक विज्ञप्ती जारी गर्दै त्यस्ता प्रकारका मदिराको विक्रि वितरण तत्कालै बन्द गर्न मदिरा उत्पादक कम्पनी, डिलर र स्थानीय पसलहरुलाई आग्रह समेत गरेका छन् ।
विज्ञप्तीमा मादक पदार्थ सेवनका कारण मानव स्वास्थ्यमा दिनहुँ प्रतिकुल अशर पार्दै गएकोे र समाजमा हिंसा र हत्या लगायतका विसंगतिहरु बढ्दै गएको भन्दै तत्काल त्यस्ता प्रकारका मदिराको विक्रि वितरणमा रोक लगाईएको वताईएको छ । उक्त विज्ञप्तीमा स्थानीय प्रशासनले कमिसनको भरमा गाउँघरमा उत्पादित घरेलु मदिरा नष्टगरि प्लाष्टिकका टुङ्कुला र कन्टेसा लगायतका अत्यन्तै न्यून प्रकारका मदिरा विक्रि वितरणकालागि प्रसय दिएको आरोप छ ।
उनीहरुले त्यस्ता प्रकारका मदिराको विक्रि वितरण गरेको फेला पारेमा उत्पादक कम्पनी, डिलर र विक्रि गर्ने व्यवसायीहरुलाई कडा भन्दा कडा कार्वाही गर्ने चेतावनी समेत दिएका छन् ।
रेसुङ्गा न्युज । 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.