"2513058968709111" /> गुल्मी जिल्लामा जथाभावी फोहर फाल्ने बिरुद्ध बडा नियम सार्बजनिक, अटेर गरे तुरुन्त कारवाही हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी जिल्लामा जथाभावी फोहर फाल्ने बिरुद्ध बडा नियम सार्बजनिक, अटेर गरे तुरुन्त कारवाही हुने ।।

गुल्मीन्युज डटकम ।।
गुल्मी जिल्लालाई अझै बढी सरसफाई युक्त तुल्याउन तम्घासमा सरोकारवालाले महत्वपुर्ण निर्णय गरेका छन् । रेसुङगा नगरपालिकाका
कार्यकारी अधिक्ृत बाबुराम पल्लीको सयोंजकत्व र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेंल लगायतको उपस्थितिमा बसेको बैठकले सरसफाइका लागि महत्वपुर्ण निर्णय गरेको छ । अब गुल्मीमा कुनै पनि स्थानमा जो कोहीले जथाभावी फोहोर फयाक्न नपाउने, पानीका बोत्तल, चाउचाउको खोल, कपडा तथा जुत्ता, रौँ, सुर्ती, पानपरागका खोल जस्ता फोहोरजन्य पदार्थ फयाँकेमा देख्नेले फयाकनेलाई टिप्न लगाउने छन् । सार्वजनिक सवारी साधनमा पनि यात्रुले झयालबाट बाहिर फयाक्न पाउने छैनन् । आआफनो घर, आँगन, पेटी, सडक र नालाका फोहोरहरु ननिकैको घरधनी, पसल, विधालय, कारखाना, व्यवसायीले, उठाई ब्यवस्थित गर्नुपर्नेछ । जिल्लालाई स्वच्छ एवम सरसफाइयुक्त तुल्याउन समुदायको स्वस्फुर्त सहभागिताका लागि सबैमा बैठकले अनुरोध गरेको छ । खोल्सा वा जुनसुकै ठाँउमा जथाभावी रुपमा फोहोर फयाँक्ने अटेर गरेमा नगरपालिका वा गाविसले कानुनी दायरामा लिने समेत निणर्य गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.