"2513058968709111" /> भुकम्पबाट क्षतीग्रस्त वामीका बिद्यालय पुननिर्माणको लागि वामी बिश्व सम्पर्क मञ्चद्धारा संसार भरीनै सहयोग संकलन अभियान शुरु - अनिश शर्मा गैरे
Breaking News
recent

भुकम्पबाट क्षतीग्रस्त वामीका बिद्यालय पुननिर्माणको लागि वामी बिश्व सम्पर्क मञ्चद्धारा संसार भरीनै सहयोग संकलन अभियान शुरु

 सहयोग संकलनको लागी आगमी मसिँरमा वामीमा बृहत महोत्सब गरिने ।। 

अनिश गैरे, वामी गुल्मी ।।
वामी बिश्व सम्पर्क मंचले भुकम्पबाट क्षतिग्रस्त वामीका ४ वटा बिद्यालयहरुको पुननिर्माण गर्न संसार भरीनै सहयोग संकलन अभियान सुरु गरेको छ । वामीमा रहेको मुख्य शैक्षिक धरोहरहरु बैशाख १२ को शक्तिशाली भुकम्पका कारण क्षतीग्रस्त भएपछि भबिष्यका कर्णधारहरुको अध्ययन गर्न पाउने अधिकारको सुनिश्चितताको लागी भवन निर्माण गर्न सहयोग संकलन शुरु गरिएको हो । मञ्चमा आबद्ध देश बिदेशमा रहेको वामीबासीहरुको सक्रियतामा सहयोग संकलन अभियानलाई तिब्रता दिईएको छ । अभियानलाई सफल पार्न भन्दै अहिले सम्म अस्ट्रेलियाबाट टंक कडेलले १ लाख २१ हजार १ सय ११, डा. कृष्ण सापकोटा, अर्जुन सापकोटा, प्रकाश सापकोटाले चेक रिपब्लिकबाट संयुक्त रुपमा बुवा लिलाम्मर सापकोटाको नाममा १ लाख ११ हजार १ सय ११, टेक नारायण चालिसे, नारायण चालिसे, डिलाराम चालिसेले जापानबाट स्वर्गीय बुवा जयलाल चालिसे तथा माता देउकला चालिसेको स्मृतिमा १ लाख १ हजार १ सय ११ सहयोग गर्नुभएको छ भने अन्य सहयोग रकम पनि आउने क्रम जारी रहेको छ । सहयोग संकलनको लागी वामीमा वामीमा आगामी मङ्सिर १८ र १९ गते नौमती बाजा महोत्सब आयोजना गर्न निर्णय समेत भएको चेक रिपब्लिकमा रहनुभएका अभियन्ता बैकुण्ठ रायमाझीले रेडियो पुष्पाञ्जलीलाई जानकारी दिनुभयो ।
वामी बिश्व सम्पर्क मञ्च अमेरिकाबाट भुपु गाबिस अध्यक्ष हरि नारायण सापकोटा, डा. इश्वरी पाण्डे, अस्ट्रेलियाबाट टंक कडेल, जनकराज गौतम, बेलायतबाट दुर्गा सापकोटा, होमेन्द्र भण्डारी, जापानबाट निर्मल रायमाझी, टेक नारायण चालिसे, चेक रिपब्लिकबाट बैकुण्ठ रायमाझीले सक्रिय रुपमा अभियानलाई तिब्रता दिईरहनुभएके छ । त्यसैगरी काठमाडौँबाट डा. ज्ञान थापा र रोमकान्त सापकोटाले पनि यस् अभियानको समन्वय गर्नुहुने बताईएको छ । प्रायजसो सानातिना कामको लागि पनि बिदेशबाट सहयोगको अपेक्षा गर्ने पारीपाटीलाई निरुत्साहित गर्ने र समाज निर्माणमा स्थानिय समुदायलाई पनि प्रत्यक्ष रुपमा सामेल गराउने उद्देश्यले मन्चले स्थानियहरुलाई पनि सकृय बनाई सहयोग संकलन गर्नेछ । सहयोगमा साथ दिन सबै्लाई मञ्चले आग्रह गरेको छ । 


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.