नेपाल बिद्यार्थी संघ गुल्मीको नियमित बैठक सम्पन्न ।।
अनिश गैरे / प्रकाश घिमिरे, वामी गुल्मी ।।
नेपाल बिद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीको नियमित बैठक सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
आज भएको बैठकले नाकाबन्दीको कारण मौलाएको कालोबजारी नियन्त्रण गर्न तथा बितरणमा बिद्यार्थीहरुलाई पहिलो प्राथमिकता दिनको लागी जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने, वामीमा रहेको रुद्राबति बहुमुखी क्याम्पसद्धारा हुने भनिएको प्रशिक्षण कार्यक्रम ब्यबस्थानको जिल्ला सहसचिब लागी बिष्णु प्रसाद आचार्यलाई खटाउने निर्णय गरेको छ ।
त्यस्तैगरी बैठकले नेपाल बिद्यार्थी संघको जिल्ला कार्य समिति गुल्मीको सहसचिबमा बिष्णु प्रसाद आचार्यलाई नियुक्त समेत गरेको छ । बिद्यार्थी संघको बिबिध बिषयमा ब्रोसर प्रकाशित गर्ने, नाकाबन्दी तथा तराईमा जारी आन्दोलन बिरुद्ध गरिने बिरोधका कार्यक्रमहरुलाई अनुमोदन गर्ने निर्णय गरेको जिल्ला समितिका सचिब निर्मला पन्थीले जानकारी दिनुभयो । जिल्ला कार्य समितिका उपसभापति झबिन्द्र पाण्डे, कोषाध्यक्ष टोमलाल पन्थी, महेन्द्र आदर्श उमाबि वामीका ईकाई समितिका सभापति प्रकाश घिमिरे लगायतको उपस्थिती रहेको बैठकमा सभापति सुदर्शन खनालको सभापतित्व रहेको थियो भने सचिब निर्मला पन्थीको सञ्चालन रहेको थियो । बैठकमा उपस्थितहरुले संघलाई अझै सशक्क्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

No comments: