"2513058968709111" /> नेपाली काङ्ग्रेसको कार्यक्रम ।। - अनिश शर्मा गैरे
Breaking News
recent

नेपाली काङ्ग्रेसको कार्यक्रम ।।

अनिश गैरे, वामी गुल्मी ।।
कार्तिक २६ गते ।।
नेपाली काङग्रेस हस्तिचौर गाँउ कार्य समितिको आयोजनामा शुभकामना आदान प्रदान तथा एक् बिशेष अन्तरक्रिर्यात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सचिब छन्द बहादुर पहराईको प्रमुख आतिथ्यता रहेको थियो, भने महासमिति सदस्य बिष्णु पन्थी तथा नेपाल तरुण दल जिल्ला अध्यक्ष खिलध्वज पन्थीको बिशेष आतिथ्ता रहेको थियो । कार्यक्रममा नेपाल तरुण दल क्षेत्र नम्बर ३ अध्यक्ष चुरा बहादुर खत्री, लगायतको बिशेष उपस्थिती रहेको थियो । नेपाली काङ्ग्रेस गाँउ कार्य समितिका सभापति शेर बहादुर कुवँरको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन गाँउ कार्य समितिका सचिब पदम बहादुर जिसीले गर्नुभएको थियो । यसैबिच नेपाली काङ्ग्रेस दर्लामचौरको आयोजनामा पनि अगुवा कार्यकर्ता भेटघाट तथा बिशेष अन्तरक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस समसामयिक राजनीतीक गतिविधि, बिकास निर्माण, आसन्न महाधिबेशन लगायतका बिषयमा छलफल भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.