"2513058968709111" /> तिहार आगनैमा आईपुग्दा, वामी झिलीमीली हुदै, चहलपहल बढ्यो, यसपालीको तिहार महँगो हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

तिहार आगनैमा आईपुग्दा, वामी झिलीमीली हुदै, चहलपहल बढ्यो, यसपालीको तिहार महँगो हुने ।।

अनिश गैरे, वामी गुल्मी ।। 
आज तिहारको दोस्रो दिन काग तिहार । भाइ टिका सुरु हुन चार दिन बाँकी छ । टिका लगाउन गाउँ जाने सर्वसाधरण फर्कन थालिसकेको छन् । नाकाबन्दीले पर्याप्त सवारी नहुदा कोचिएर जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । भारतको अघोषित नाकाबन्दीले उपत्यका बाहिर आवश्यक सामान प्रर्याप्त नपाउने र पाइए पनि महंगो पर्ने भएपछि बिभिन्न क्षेत्रमा पुग्ने स्थानीयहरुले केही दिन अघिदेखि किनमेल सुरु गरिसकेका छन् । सोमबारदेखि बजारमा थप चहल पहल पनि बढेको छ । बिशेषगरी पुरुषहरु घर सजाउने सामान किन्ने गरेका छन भने तिहारमा दाजु भाईलाई टिका लगाउन आवाश्यक पर्ने सामान किन्न महिलाहरु बढी छन् । नाकाबन्दीको नाममा बजारमा बिगतको भन्दा धेरै महंगी छ, आवश्यक सामान पनि पाउन गाह्रो छ एक स्थानीय महिलाले भन्नुभयो । हिन्दुहरुको दोस्रो महान पर्व दिपावली अर्थात तिहार भित्रिए सँगै गाँयघरमा उज्यालो थपिदै जान थालेको छ । मैनबत्ती, दिप तथा बजारमा पाईने दिपावली बत्तीहरुहरुले घरहरुमा झिलिमिली देखिन थालेपछि साच्चीकै तिहार आएछ की भन्ने प्रस्ट पार्न थालेको छ । स्थानीयहरुको जिवन शैली पनि तिहार मय बनिरहेको छ । हिन्दुहरुको महान पर्व दसै पर्वमा स्वदेश फर्कन नपाएका नेपालीहरु पनि गाँउघरमा आएन थालेपछि उत्तिकै मात्रामा उत्साह थपिएको छ। यस्तै बजारमा तिहारको लागी आबश्यक पर्ने सामग्रीहरुको किनमेल पनि बढेको छ भने महँगी पनि त्यस्तै बढेको छ । तिहारको लागी आबश्यक पर्नै तेलजन्य पदार्थहरुको मुल्य पनि उत्तीकै मात्रामा बढेको छ । जस्ले गर्दा तिहार महँगो हुने स्थानीयहरुले बताएका छन । उता बिशेष गरी दिपावली पर्वमा प्रयोग गरिने झिनिया रोटीहरु पनि बजारमा देखिन थालेका छन । भने ब्यापारमा पनि बृद्धि भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.