ऐतिहासिक सराय नाँच प्रदर्शन ।।
अनिश गैरे, वामी गुल्मी ।।
बिजया दशमीको टिकाको तेश्रो दिन आज मुसीकोटमा रहेको जगदम्बा देबी मन्दिरमा बिबिध पुजाआज तथा सराय नाँच प्रतियोगीता सम्पन्न भएको छ । ५ समुहको सहभागीता रहेको कार्यक्रममा, देब बहादुर सिहँको समुह प्रथम, मुसीकोट आमा समुह द्धितिय तथा प्रेम बहादुर नेपालीको समुह तृतिय भएका छन । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष रेशम राज चालीसेले सराय नाँचको आफ्नै मौलीक परम्परा रहेकोले यसलाई लोप हुन बाट बचाउनुपर्ने बताउनुभएको थियो भने सचिब सचिब भेषबहादुर नेपालीले यस्ता कलाहरुलाई युवाहरुमा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको थियो । तरबार, खुडा जस्ता हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाचिने यस नाचमा देवीको प्रतीक प्रस्तुत गरिन्छ । हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुशी हुने विश्वास रहेको छ । यो नाच देवीले महिसासुर र शुम्भको बध गरेको खुशीयालीमा नाच्न थालिएको बुढापाकाहरु बताउँछन् । सराय नाच गुल्मी लगायत आसपासका जिल्लामा बढी प्रचलित छ ।
No comments: