ऐतिहासिक सराँय नाँच प्रदर्शन ।।
अनिश गैरे, वामी गुल्मी ।।
भगवती माई पुजा समितिको आयोजनामा पौदी अमराई ३मा ऐतिहासिक सराय नाँच प्रदर्शन गरिएको छ । पुजा समितिका अध्यक्ष दान बहादुर केसीको अध्यक्षता रहेको कार्यक्रममा मुसीकोट ७ का कृष्ण बहादुर सिँह को ए समुह प्रथम भएको छ भने दोहोली ९ को मान बहादुर घर्तीको समुह द्धितिय तथा मुसीकोट ७ को निर्मला सिँहको समुह तृतिय भएको छ । कार्यक्रममा उत्कृष्ट प्रस्तुती देखाउने मुसीकोट ७ का कृष्ण सिँह ठकुरी तथा २१ जनालाई सान्त्वनाको रुपमा नगद पुरस्कारले सम्मान गरिएको छ ।
सोही अबसरमा वडामा उत्कृष्ट समाजसेबा गर्ने छबिलाल बिकलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन समितिका सतिब श्यामन्त नेपालीले गर्नुभएको थियो । ऐतिहासक सराय नाँचको आफ्नै छुट्टै मौलीकता रहेको बुढापाकाहरुले बताउनु गरेका छन । परम्परादेखि चल्दै आएको हिन्दू सांस्कृतिक पर्वलाई जगेर्ना गर्न तथा जातीय एवं धार्मिक सद्भाव कायम गर्न र भाइचाराको सम्बन्ध विस्तार गर्न समेत सराय नाँच देखाईन्छ । बिशेष गरी दशैको समयमा प्रस्तुत गरिने यस्तो नाँचमा तरबार खुडा जस्ता हतियारहरु लिएर पञ्चेबाजाको तालमा नाँच देखाईन्छ र देवीको प्रतीक प्रस्तुत गरिन्छ । हतियार प्रदर्शनसहित नाचिने यो नाचले देवी खुशी हुने विश्वास रहेको छ । यो नाच देवीले महिसासुर र शुम्भको बध गरेको खुशीयालीमा नाच्न थालिएको बुढापाकाहरु बताउँछन् । सराय नाच गुल्मी लगायत आसपासका जिल्लामा बढी प्रचलित छ । यस्तै कोजाग्रत पूणिमाको अवसर पारेर मुसिकोटकोदरबारमा ऐतिहासिक सराय नाच प्रतियोगिता सम्पन्न गरिएको छ । छ समूहको सहभागिता रहेको प्रतियोगितामा खड्कदेवता देवालय मन्दिर बडागाँउ ४समूह प्रथम, कालिका मन्दिर बडागाँउ ५को समूह द्धितीय र अम्मर युवा क्लव मुसिकोट ३ तृतीय भएका छन् ।भने अन्य ३ समूह सान्त्वना भएका छन् । विजेता समूहहरुलाई नगद पुरस्कारले सम्मान गरिएको थियो । कार्यक्रम खड्कदेवता पुजा व्यवस्थापन समिति मुसिकोटका उपाध्क्षय पदम बहादरु सिँहको अध्यक्षता रहेको कार्यक्रममा खड्कदेवता देवालय मन्दिर बडागाँउ ४ का पुजा व्यवस्थापन समिति अध्क्षय मन बहादरु सारुको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा पुजा व्यवस्थापन समिति काषाध्क्षय यम बहादरु खत्रीको स्वागत मन्तव्य सगै सुरु भएको कार्यक्रमको सञ्चालन खड्कदेवता पुजा व्यवस्थापन समिति मुसिकोटका सचिव गोपाल नेपालीको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो । सराय नाचमा गुल्मी तथा छिमेकी जिल्ला बाग्लु∙का हजारौ दर्शकहरुको सहभागिता रहेको थियो ।

No comments: