वामी श्रोत केन्द्रमा प्रअहरुको बैठक
अनिश गैरे, वामी गुल्मी
वामी श्रोत केन्द्रमा केन्द्र भित्र पर्नै बिद्यालयका प्रद्यानाध्यापक तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्षहरुको सामुहिक बैठक सम्पन्न भएको छ । महेन्द्र आदर्श उमाबिका ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको बैठकले श्रोत केन्द्र भित्रका बिद्यालयहरुको भौतीक तर्फको प्राथमिकिकरण निर्धारण गरिएको छ । जस अन्तर्गत भौतिक पक्षहरु भवन, शौचालय, खानेपानी, भुकम्प प्रभाबित भवन, छात्रा शौचालय लगायत रहेका छन । बैठकमा जिल्ला शिक्षा कार्यालयका पछिल्लो गतिविधिहरुको समेत जानकारी गराईएको थियो ।
बैठकमा वामी, कुर्घा, अर्लाङ्कोट, पौदी अमराई गरी श्रोत केन्द्र भित्र पर्ने चार गाबिसका प्रद्यानाध्यापक तथा अध्यक्षहरुले आफ्नो बिद्यालयको गतिविधि प्रस्तुत गरेका थिए । महेन्द्र आदर्श उमाबिका प्राचार्य भिमलाल सापकोटाको प्रमुख आतिथ्यता रहेको बैठकको सञ्चालन श्रोत ब्यक्ति देविराम शर्माले गर्नुभएको थियो ।
No comments: