"2513058968709111" /> महेन्द्र आदर्श उमाबि वामीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न, यस्ता कार्यक्रमले एकताको सन्देश दिने बक्ताहरुको भनाई ।। - अनिश शर्मा गैरे
Breaking News
recent

महेन्द्र आदर्श उमाबि वामीको आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न, यस्ता कार्यक्रमले एकताको सन्देश दिने बक्ताहरुको भनाई ।।

अनिश गैरे, वामी गुल्मी ।।
महेन्द्र आदर्श उमाबि वामीले बिजया दशमी तथा शुभ दिपावलीको अबसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश काफ्लेको अध्यक्षता रहेको कार्यक्रममा एन.आर.एन जापानका सल्लाहकार रोशन केसीको प्रमुख आतिथ्यता रहेको थियो । भने नेपाली काङग्रेसबाट महेश श्रेष्ठ, नेकपा एमाले वामीका अध्यक्ष गोपिकृष्ण खरेल, एमाओबादी वामीका अध्यक्ष भुवन केसी, उद्योग बाणिज्य संघ वामी शाखाका अध्यक्ष सुदर्शन शाक्य, आर्थिक सहयोगी बिपिन घिमिरे, भेषराज घिमिरे लगायत बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी हरु, शिक्षक अभिाभाबहक संघका पदाधिकारीहरु, बिद्यालयका शिक्षक, अभिभाबहक, शिक्षाप्रेमी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि केसीले सहयोग गर्नै प्रति सम्मान ब्यक्त गर्नुपर्ने र बाताबरण धमिल्याउन खोज्नेहरुलाई निरुत्साहित गर्नुपर्नै बताउनुभएको छ । बैशाख १२ को भुकम्पले भवनमा क्षती पुगेको वामी मैदानमा रहेको शारदा बिद्या मन्दिरको आधुनिक भवन निर्माणमा आफुहरुको परोपकारी संस्था वामी सेबा समिति जापन लागी परेको जानकारी दिनुभयो । साथै उहाँले सबैमा सक्दो सहयोग गर्न पनि आग्रह गर्नुभयो । देशको संकटजनक परिस्थितीलाई देष्टिगत गर्दै उहाँले आयातको भन्दा पनि आत्मनिर्भरको बाटो खोज्नुपर्ने र तत्कालको लागी वैकल्पिक बाटो पहिलायनु पर्ने बताउनुभएको छ । कार्यक्रममा उपस्थित सबैले आफ्नो परिचय सहित शुभकामना मन्तब्य ब्यक्त गर्दै बिद्यालयलाई शैक्षिक नक्षत्रको रुपमा देख्न चाहेको भन्दै बिजया दशमी, दिपावली तथा छठपर्वको शुभकामना दिएका थिए । साथै उनीहरुले बिद्यालयले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरेकोमा आभार ब्यक्त गर्दै यस्ता कार्यक्रमहरुले सबैमा एकताको सन्देश दिने बताएका थिए । बिद्यालयको प्रगती बिबरण प्रस्तुत गर्दै बिद्यालयका प्राचार्य भिमलाल सापकोटाले बिद्यालयको आर्थिक स्थिती बृद्धि तथा अन्य शैक्षिक कार्यक्रम ल्याउनको लागी आर्थिक संकलनको कुनै कार्यक्रम गर्नै योजना रहेको जानकारी दिनुभयो । त्यसैगरी उहाँले आर्थिक बृद्धिकै लागी २०४० सालमा बिद्यालयको लागी तथा २०६२ सालका रुद्राबति बहुमुखी क्याम्पसको लागी धान्याञ्चल गरिएको जानकारी दिनुभयो । बिद्यालयलाई ५ लाख सहयोग गर्नै ब्यक्तिलाई मानार्थ सदस्य, ५० हजार सहयोग गर्नैलाई बिशिष्ट सदस्य, ३० हजार सहयोग गर्नैलाई आजिवन सदस्यता बितरण गर्ने बिद्यालयको अर्काे कार्यक्रम रहेको जानकारी दिनुभयो । बिबरण ब्यक्त गर्दै गर्दा प्राचार्य सापकोटाले बिद्यालयमा प्राबिधिक शिक्षा ल्याउनको लागी पनि कुनै कार्यक्रम गर्नै योजना रहेको जानकारी दिनुभयो । शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो । बैशाख १२ गतेको भुकम्पको कारण बिद्यालयको भवनमा क्षती पुगेपछि अस्थायी टहरामा बिद्यालयको पठन पाठन भईरहेको छ । यसैबिच नेकपा एमाले वामी गाँउ कमिटिको आयोजनामा पनि शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । गोल्डेन फ्युचर एकाडेमी वामीको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.