"2513058968709111" /> मुसीकोटका मृगौला पिडीतलाई सहयोग संकलन ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मुसीकोटका मृगौला पिडीतलाई सहयोग संकलन ।।

अनिश गैरे, वामी गुल्मी
गुल्मी मुसिकोट गाँउ विकास समिति वडा नं. ८ निवासी तेज बहादुर नेपालीका २२ बर्षीय छोरा सागर नेपालीकोे विगत केहि समय अघि देखि दुबै मृगौला फेल भएको कारण उपचारको लागी आर्थिक अभाव भएको छ ।  पिडित नेपालीको स्वास्थ्य उपचारको लागि गुल्मी केयरका कोषाध्क्षय विद्या कार्कीको अगुवाईमा  मृगौला पिडित सागर नेपाली बचाउ अभियानका सहयोग संकलन शुरु गरिएको छ । अभियानका क्रममा विभिन्न ठाँउबाट हालसम्म २४ हजार १ सय रकम संकलन गरिएको गुल्मी केयरका कोषाध्क्षय विद्या कार्कीले जानकारी दिनुभयो । संकलित रकम  पीडित सागर नेपालीकोे उपचारार्थको लागि एक कार्यक्रमका वीच हस्तान्त्रण गरिने समेत उहाँले जानकारी दिनुभयो । पीडित सागर नेपालीले आफ्नो अवस्था कमजोर भएकोले जीवन रक्षाको लागि आर्थिक सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदैे उपचारमा आर्थिक सहयोग गरिदिन सबैला आग्रह गर्नुभएको छ । हाल नेपालीले सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.भैरहवामा आफ्नो स्वास्थ्य उपचार गराइरहनु भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.