"2513058968709111" /> विद्या बनिन् प्रथम महिला राष्ट्रपति - अनिश शर्मा गैरे
Breaking News
recent

विद्या बनिन् प्रथम महिला राष्ट्रपति

११ कात्तिक, काठमाडौं । नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।
विद्यादेवी भण्डारी राष्ट्रपति
बुधबार भएको मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
संसद बैठकमा सभामुख ओनसरी घर्तीले जानकारी गराए अनुसार भण्डारीले ३२७ मत पाएकी छन् । विद्यालाई एमालेका साथै एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिकसहितका दलहरुको समर्थन छ ।
उनका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २१४ मत पाएका छन् । गुरुङलाई कांग्रेस बाहेक केही साना दलको मात्र मत परेको छ ।
राष्ट्रपति निर्वाचनमा कुल ५९७ सांसद मध्ये ५४९ ले मतदान गरेका थिए । तर, ८ मत बदर भएको छ ।
भण्डारी पति नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपछि राजनीतिमा पुनः सक्रिय भएकी हुन्। मदनको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विद्याले कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पराजित गरेकी थिइन्। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा उनले तत्कालीन सभामुख दमननाथ ढुंगानालाई पराजित गरिन्।
पतिको निधनपछि मात्रै राजनीतिमा आएको देखिए पनि भण्डारीको पार्टीसँगको आबद्धता निकै पुरानो हो। उनी २०१८ सालमा भोजपुरको मानेभञ्ज्याङको पाण्डे परिवारमा जन्मेकी हुन्। २०३५ सालमा भोजपुर क्याम्पसमा अध्ययन गर्दा नेकपा मालेको सम्पर्कमा आएकी उनी युवा लिगकी संगठित हुन्। मालेको भ्रातृ संगठन अनेरास्ववियु पाँचांैबाट राजनीति गरेकी विद्याको २०३९ सालमा मदनसँग विवाह भएको थियो।
भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष छिन्। २०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्।
उनी हाल समानुपातिकबाट संसद छिन्। भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन्। पार्टी राजनीतिमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेकी भण्डारी समाकालीन नेपाली नेत्रीहरूमा सबैभन्दा शक्तिशाली मानिन्छिन्। भण्डारीका २ छोरी छन्।
- See more at: http://ujyaalolalteen.com/archives/4186#sthash.AbSbqE1R.dpuf

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.