एक रुपैयाँका दरले संकलित सहकारीमा ४६ करोडको कारोवार..
प्रेम सुनार
गुल्मी, भदौ–२३ ।
आज भन्दा २५ वर्ष अघि २५ जना सदस्यहरुले एक एक रुपैयाँका दरले संकलन गरेर स्थापना गरेको गुल्मीको एक सहकारी संस्थामा अहिले ४६ करोडको कारोवार हुने गरेको छ । लेकाली स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था लिमिटेड तम्घास गुल्मीले यस्तो प्रगति गर्न सफल भएको हो । २५ औं वर्ष गाँठको अवसरमा रजत महोत्सव वर्ष मनाउने तयारीमा रहेको सो संस्थाले आज पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७१÷०७२ मा ४६ करोड कारोवार भएको जानकारी दिएको हो ।
सो संस्थाका अध्यक्ष गोपालप्रसाद पन्थीले २०४८ साल पौष ३० गतेका दिन हाल अमेरिकामा रहेका रमेश थापा संस्थापक अध्यक्ष रहेर २५ जनाको समुहमा मासिक एक एक रुपैयाँका दरले वचत संकलन गरी स्थापना गरेको त्यस सहकारीमा यस आर्थिक वर्षमा उक्त रकम कारोवार गर्न सफल भएको जानकारी दिए् । उनले उक्त सहकारीमा शेयर पुँजी १ करोड ५१ लख ६७ हजार ५ सय रहेको बताए । त्यस्तै संस्थागत कोष ९८ लाख ६ सय ८७ रुपैयाँ रहेको, १४ कारोड ७४ लाख ४४ हजार ८ सय १९ बचत गरिएको र १४ कारोड ८० लाख ७० हजार ९ सय १० रुपैयाँ ऋण लगानी भई रहेको जानकारी दिए ।
नवाल ६ सय १५ सहित कुल सदस्य संख्या १९ सय ७० जना रहेको त्यस सहकारी संस्थाले यस रजत महोत्सव वर्ष गाँठमा शेयर सदस्यलाई पेन्सन समेत दिने कार्यक्रम घोषणा गरेको छ । क्रमिक रुपमा रकम बृद्धि गर्दै जाने गरी त्यस संस्थाले ६० वर्ष उमेर पुगेका र अपाङ्ग हुने शेयर सदस्यहरुलाई मासिक २ सयका दरले पेन्सन समेत दिने घोषणा गरेको अध्यक्ष पन्थीले जानकारी दिए । तर त्यस्ता सदस्यहरुले पेन्सन पाउनका लागि कम्तीमा पनि १५ वर्ष त्यस सहकारी संस्थामा आवद्ध हुनु पर्ने वताईको छ । उसले कक्षा १ देखि स्नातक सम्म शेयर सदस्यका छोरा छोरीहरुलार्इृ छात्रवृत्ति समेत दिदै आएको छ ।
यसरी शेयर सदस्यहरुलाई पेन्सन दिने घोषणा गर्ने स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था लिमिटेड जिल्लाको पहिलो सहकारी संस्था बनेको छ । बचत तथा ऋण सहकारी संघ,गुल्मी,नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.( नेप्सकुन ) काठमाण्डौं र राष्ट्रिय सहकारी बैंक लि.काठमाणडौमा समेत आवद्ध रहेको त्यस स्वावलम्वन सहकारी संघ उत्कृष्ट कार्य गरे वापत विभिन्न संघ संस्थाबाट पुरस्कृत समेत भएको छ ।
उसलाई २०६२ मा डिभिजन सहकार िकार्यालयले पुरस्कृत गरेको थियो । त्यस्तै २०६५ सालमा राष्ट्रिय सहकारी संघ काठमाण्डौंले, २०६८ सालमा नेप्सकुनले पश्चिमाञ्चल कै उत्कृष्ट सहकारी संस्थाका रुपमा र २०७१ सालमा नेप्सकुनले नै उत्कृष्ट सञ्चालकका रुपमा त्यस स्वावलम्वन सहकारी संस्थालाई पुरस्कृत गरेको थियो । उक्त सहकारी संस्थाले सहलियत व्याज दरमा प्रति सदस्य १५ लाख सम्म ऋण दिने गरेको छ । उसले त्यस्तो ऋण विशेष गरी गरिव विपन्न, एकल महिला, असाहय–अपाङ्ग र वेरोजगारहरुलाई स्वरोजगार बनाउन दिने गरेको पाईएको छ ।
जिल्लाका पुरानो सहकारी संस्था मानिने उसले यस वर्ष देखि घडेरी खरिद कोषको समेत स्थापना गर्ने भएको छ । आज देखि विविध कार्यक्रमका साथ सो सहकारी संस्थाको स्थापना दिवस पौष ३० गते सम्म मनाईने रजत महोत्सवम मनाउन लागि ३९ सदस्यीय मुल समारोह समिति र विभिन्न ९ वटा उप समिति समेत गठन गरिएको जानकारी समेत पत्रकार सम्मेलनमा गराईएको थियो । पत्रकार सम्मेलनमा सो सस्थाका पुर्व अध्यक्ष एमबहादुर थापा , नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतको सहक्भागिता थियो ।
लेकाली स्वावलम्वन वचत तथा ऋण सहकारी संस्था लि. तम्घास गुल्मीका अध्यक्ष गोपालप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कोषाध्यक्ष गणेश श्रेष्ठको स्वागत मन्तव्य र सचिव भुवन अर्यालको सञ्चालन रहेको थियो ।

No comments: