"2513058968709111" /> पश्चिम सेतीको प्राविधिक अध्ययनमा थ्री गर्जेज व्यस्त - अनिश शर्मा गैरे
Breaking News
recent

पश्चिम सेतीको प्राविधिक अध्ययनमा थ्री गर्जेज व्यस्त

२३ भदौ, काठमाडौं । 
७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले आयोजनाको प्राविधिक तथा आर्थिक अध्ययन तीव्र पारेको छ ।
थ्री गर्जेजको प्राविधिक टोलीले आयोजना स्थलको भौर्गभिक अध्ययन पनि गरिरहेको लगानी बोर्डले जनाएको छ । टोलीले आयोजनाले प्रभावित गर्ने सुदूरपश्चिमका डोटी, बैतडी, बझाङ, र डडेलधुराको भूभागमा रहेर प्राविधिक तथा भौर्गभिक लागयतका विषयमा अध्ययन गरिरहेको हो ।

रिर्पोटपछि पीडीएको प्रक्रिया
‘सेप्टेम्बर भित्र नै प्राविधिक रिर्पोट बुझाउने भनेर चिनियाँ टोली आयोजना स्थलमा गएको छ । उसले अबको एक महिना भित्रै रिर्पोट ल्याउँछ भन्ने अपेक्षा छ ।’ लगानी बोर्डका बाह्य मामिला प्रमुख घनश्याम ओझाले भने, ‘भूकम्पपछि नै आएर उनीहरुले भौगर्भिक अध्ययन सुरु गरेका हुन् । त्यसैले छिटै प्रारम्भिक रिर्पोट आउँछ होला ।’
थ्री गर्जेजले तयार गर्ने रिर्पोटमा आयोजनाले प्रभावित गर्ने क्षेत्र, लागत र अन्य धेरै प्राविधिक पक्ष संलग्न हुनेछन् । त्यसैका आधारमा आयोजनाको परियोजना विकास सम्झौता -पीडीए)बारे छलफल सुरु हुने लगानी बोर्डले जनाएको छ ।
१ खर्ब ५० अर्ब रुपैयाँ लागत अनुमान गरिएको पश्चिम सेती जलविद्युत् परियोजनामा कुल लगानीको ७५ प्रतिशत थ्री गर्जेज र बाँकी २५ प्रतिशत नेपाल सरकारले जुटाउने सहमति भएको छ ।
२१ वर्षअघि नै अष्ट्रेलियाको स्मेक कम्पनीले आयोजना निर्माणको जिम्मा लिए पनि उसले १० पटकसम्म इजाजतपत्र नवीकरण मात्र गरेपछि सरकारले ४ वर्षअघि इजाजत रद्ध गरिएको थियो । सन् २०१२को फेब्रअरी महिनामा थ्री गर्जेजसँग पश्चिम सेती निर्माणको सम्झौता भएको थियो ।
२२ हजार ५ सय मेगावाट क्षमताको विश्वकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना निर्माण गरेको चाईना थ्री गर्जेज कर्परेसन चिनियाँ सरकारको पूर्ण स्वामित्वको कम्पनी हो ।
onlinekhabar.com

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.