विराटनगर सीमाक्षेत्रको तनाव मत्थर हुँदै [अपडेट]
- आन्दोलनकारीद्वारा सुरक्षाकर्मीमाथि पेट्रोलको बोतल प्रहार
- आन्दोलनकारीद्वारा २ प्रहरी चौकीमा आक्रमण प्रयास
- चौकी परिसरको प्रतिक्षालयमा आगजनी
- , , काठमाडौं
भाद्र २३, २०७२-
आन्दोलनकारी र प्रहरीबीच भएको झडपपछि अशान्त बनेको विराटनगरको सीमावर्ती क्षेत्र अपराह्नतिर केही मत्थर बनेको छ । रानी, बुधनगरलगायत स्थानमा भएको झडपको अवस्था मत्थर भएको प्रहरीले जनाएको छ ।
थप तनाव हुन नदिन जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलका अनुसार बुधनगर प्रहरी चौकीमा निरीक्षकको नेतत्वमा ७५ जना प्रहरी परिचालन गरिएको छ । उक्त चौकी परिसरमा रहेको प्रतीक्षालयमा आन्दोलनकारीले बिहान आगजनी गरेका थिए ।
रोडशेष चोकमा प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले लाठी चार्ज गरेको छ । केही प्रदर्शनकारी घाइते भएका छन् ।
...
आन्दोलनकारीले नेपाल र सशस्त्र प्रहरीका गरी ५ जना सुरक्षाकर्मीलाई पेट्रोल भरिएको बोतल प्रहार गरेपछि प्रहरीले हवाइ फायर गरी सचेत गराएको जनाएको छ ।
नेपाल प्रहरीका दुई असइ, सशस्त्र प्रहरीका दुई सहायक हवल्दार र एकजना जवानलाई आन्दोलनकारीले भरेर ल्याएका पेट्रोलको बोतल लागेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेलले ईकान्तिपुरलाई बताए ।
भन्सारको ३ नम्बर ढाटमा रहेको चौकी तोडफोड गर्नुका साथै त्यहाँ रहेका महिला प्रहरीलाई आन्दोलनकारीले दुर्व्यवहार गरेको खरेलले दाबी गरे । 'प्रहरीलाई जिउँदै जलाउन खोजेपछि बाध्य भएर फायर खोलिएको हो,' उनले भने, 'नत्र ठूलो क्षति हुने सम्भावना थियो ।'
...
आन्दोलनकारीले मोरङको सीमावर्ती बुधनगर र मटेरुवास्थित प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास गरेका छन् । उनीहरुले प्रहरी चौकी परिसरको प्रतिक्षालयमा आगजनी गरेका छन् । ती दुबै चौकीका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको थप बलमा मिसाइएको छ । दुबै स्थानका प्रहरी चौकी खाली गराइएको छ ।
...
विराटनगरको रानी क्षेत्रमा भएको झडपपछि उत्पन्न तनावका कारण रानी भन्सार नाका र आसपासका नाका ठप्प भएको छ ।
‘अनौपचारिक’ रुपमा तत्कालका लागि सीमानाका शील भएको एक भन्सार अधिकृतले बताए । आन्दोलनकारीले स्थानीय एक पसलमा गरेको तोडफोडपछि स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए ।
...
नेपाल भारत सीमा क्षेत्र अन्तर्गत विराटनगरको रानी र भट्ठीमा बुधबार बिहानैदेखि प्रहरी र संयुक्त तराई मधेसी लोकतान्त्रिक मोर्चाका आन्दोलनकारीबीच झडप भइरहेको छ ।
बुधबार बिहान मिल्स एरियामा रहेको अर्जुन चौधरीको पसल बन्द गराउने क्रममा प्रदर्शनकारी र बन्द प्रतिकारमा उत्रिएका स्थनीयबीच झडप भएको थियो । झडपपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी आइपुगेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
प्रतिकार समूहले प्रदर्शनकारीको मोटरसाइकल जलाएका छन् ।
यसैगरी प्रदर्शनकारीले मकालु टिभीको मोटरसाइकल जलाएका छन् । मोटरसाइकलमा रहेका मकालु टिभीका संवाददाता नविन कर्ण र गोरखापत्र दैनिकका संवाददाता
जितेन्द्र यादव माथि ढुंगा प्रहार गरेका छन् । उनीहरु सामान्य घाइते भएका छन् ।
अहिले भारतले नेपाल-भारत सीमा क्षत्रेमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संख्या उल्लेख्य रुपमा बढाएको छ । अहिले नेपालले पनि सशस्त्र प्रहरीको संख्या भारतीय सीमामा बढाएको छ । यहाँको ताजा अवस्थाले स्थानीयहरु त्रसित छन् ।
नेपालतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी र आन्दोलनकारी छन् भने भारतर्फ एसबिआइ ठूलो संख्यामा परिचालित छन् । जसले गर्दा स्थानीय अब के हुने हो भन्ने त्रासमा छन् ।
यस्तै कोसी राजमार्गमा पर्ने विराटनगरको महाबीर चोकमा आन्दोलनकारीले आधा दर्जभन्दा बढी मोटरसाइकल तोडफोड गरेका छन् । उनीहरुले सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । रिक्सा र त्यसक्षेत्रमा साइकल सञ्चालनमा पनि अवरोध गरिएको छ । त्यस क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
...
बुधबार बिहानै गाउँगाउँबाट आएका प्रदर्शनकारीले रानीस्थित पुलिस चेकप्वाइन्टमा तोडफोड गरेपछि स्थिति तनावपूर्ण बनेको हो। मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोद खरेका अनुसार अहिले पनि रानीमा झडप भइरहेको छ ।
उनका अनुसार प्रहरी स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फायर गरेको छ भने केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
http://kantipur.ekantipur.com/

No comments: