मनोरंजनसँगै सन्देशः तीज गीतमा बालविवाह अन्त्य र प्रजनन स्वास्थ्यका कुरा
विद्रोही गिरी/उज्यालो
नवलपरासी, भदौ २३ -
‘अठार बर्ष नपुग्दै गर्ने बाल बिहे हो बिहेबारी २० बर्ष पारी हाम्रो नारा हो ’ ... यो तम्सरियाका महिलाहरुले तीजको अवसर पारेर गाएको गीत हो । उनीहरुले गीत मार्फत बालबिवाह न्यूनीकरण र प्रजनन स्वास्थ्यका बारेमा सन्देश दिएका छन् ।
उनीहरुले बालबिवाह गर्दा पर्ने जोखिमलाई तीजको भाकामा ब्यक्त गरेका हुन् । तीज आउनै लाग्दा नवलपरासीका गाउँ गाउँमा तीजको लहरले छोईसकेको छ । महिला तथा किशोरीहरु चेतनामूलक गीतमार्फत समाजलाई सचेत बनाउने काममा लागेका छन् । बाबु आमाले जन्म दिएर मात्र नहुने भन्दै उनीहरुले कर्मका लागि पनि अभिभावक सचेत हुनुपर्ने सन्देश तीज गीत मार्फत दिए ।
अब छोरी ठूली भई १५–१६ बर्षकी , अब छोरीको बिहे दान गर्नुपर्छ की
सानै बेला बिहे गर्दा समस्याले घेर्छ बा , बिहे बारी २० बर्ष पारी गर्नुपर्छ बा
बाबु छोरीको संवाद रहेको यो गीत लोकसेवा मावि बसन्तपुरका विद्यार्थीहरुले गाउँदा दर्शकहरु भावकु बनेका थिए । बाल क्लब, महिला समुह, छलफल कक्षाका महिला दिदीबहिनीहरुले बालबिवाहले गर्दा समाजमा पार्ने प्रभावसँगै महिलाको प्रजनन स्वास्थ्यमा पर्ने असरका बारेमा गीत प्रस्तुत गरेका थिए ।
‘छोरीलाई आत्मनिर्भर नबनाउँदा बालबिवाह हुने गरेकाले छोरीलाई नै बलियो बनाउन सके मात्र बालबिवाह न्युनीकरण हुन सक्छ’, तम्सरिया गाविस अध्यक्ष दानबहादुर रायमाझीले भन्नुभयो, ‘कलिलो उमेरको विवाह टिकेको पनि छैन, त्यसले समाजको संरचना पनि बिगारेको छ’ ।
गाविसको तथ्याङ्कमा एकवर्ष दर्ता भएका विवाहित जोडीमध्ये एकसय जोडीमा २० जोडी त बालबालिका छन् । ‘घरदैलो कार्यक्रम र चाडबाड मनाउँदा पनि मनोरञ्जन सँगै चेतना प्रवाह गर्न सके बाल विवाह न्यूनिकरणमा मद्दत पुग्नेछ’, सामाजिक विकास स्रोत केन्द्र ( एसडिआरसी) मार्फत सञ्चालित मेरो अधिकार मेरो आवाज कार्यक्रमकी संयोजक शोभा कोइरालाले बताउनु भयो ।
बालबिवाह कानूनी रुपमा दण्डनीय त छ नै, कलिलो उमेरको विवाहले भविष्य पनि अन्धकार बनाउन सक्छ ।
नवलपरासी, भदौ २३ -
सानै बेला बिहे गर्दा समस्याले घेर्छ बा , बिहे बारी २० बर्ष पारी गर्नुपर्छ बा
No comments: