गुल्मीमा श्रीमानद्धारा श्रीमतिको हत्या
प्रेम सुनार
गल्मी, भदौ –२३ । तिन दिन अघि गुल्मीको हसरामा एक व्यक्तिले श्रीमतिको हत्या गरेको खुलासा भएको छ । हसरा गाविस वडा नम्व् ३ का ३५ वर्षिय रमेश घर्तिले आफ्नी ३५ वर्षिया श्रीमति हरिकला घर्तिको भदौ २० गते राती निर्घाता कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गु्ल्मीले आज खुलासा गरेको हो ।
निजले अत्याधिक मदिरा सेवन गरी श्रीमतिलाई निर्घात कुटपिट गरी हत्या गरेको खुल्न आएको सो कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रामप्रसाद पौड्यालले जानकारी दिए । अभियुक्त घर्तिलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र म्याद थप समेत गरिएको जिल्ला प्रहरी प्रम्ख प्रहरी नायव उपरिक्षक रविन्द्र ्रेग्मीले बताए । ‘प्रारम्भिक अनुसन्धानमा निजले हत्या गरेको खुल्न आएको छ’– जिल्ला प्रहर्री प्रमुख रेग्मीले भने–‘ – थप अनु्सन्धानका लागि अदालतमा म्याद थप समेत गरी सकिएको छ ।’
अभियुक्त घर्तिले रक्सी खाएको थिएँ खै के ले हानेर मारे थाह पाईन भनेको छ– प्रमुख रेग्मीले भने । थप जानकारीका लागि हसरा गाविस सचिव हरि भण्डारी संग सम्पर्क राख्दा ति दम्पत्ती विगत लामो समय देखि घरम झै–झगडा गर्ने गरेको बताए । उनका अनुसार निजका ९ र ११ वर्षका दुई छोराहरु रहेका छन् । विपन्न परिवारका ति वालकहरु यति वेला साहरा विहिन भएर विचल्लीमा परेका छन् ।

No comments: