"2513058968709111" /> कुखुराको मासुको मुल्य घटेपनि बाग्लुङ्मा कार्यन्वयन भएन - अनिश शर्मा गैरे
Breaking News
recent

कुखुराको मासुको मुल्य घटेपनि बाग्लुङ्मा कार्यन्वयन भएन

भदौ ३० गते ।।
कुखुराको मासुको उपभोक्ता मूल्य ३ सय ६० तोकिएपनि व्यवसायीले अभैm ४ सय रुपैयाँमा विक्रि गरेका छन् । यो बाग्लुङ्को खबर हो । सदरमुकाम र ग्रामीण क्षेत्रमा पनि व्यवसायीले चर्को मूल्य लिएपछि उपभोक्ताहरु मारमा परेका छन् । जिउँदो कुखुरा किसानको खोरबाट प्रतिकेजी १ सय ६० रुपैयाँमा खरिद गरेर ल्याएपछि व्यवसायीले ४ सय रुपैयाँमा विक्रि गरेको भेटिएको हो । बढीमा ३ सयदेखि ३ सय १० रुपैयाँमा विक्रि गर्दा राम्रो फाइदा कमाउन सकिनेमा व्यवसायीले चर्को मूल्य लिएको भन्दै उपभोक्ताले गुनासो गरेका हुन् । मासु व्यवसायी संघ, राष्ट्रिय उपभोक्ता मञ्च र प्रशासनले बढीमा ३ सय ६० रुपैयाँ सम्ममा विक्रि गर्न सकिने मूल्य तोकेपनि व्यवसायीले नटेरेका हुन् । ‘केही स्थानमा मैले पनि चर्को मूल्य लगाएको बुझेको छु, अव विल सहित खोज्दा पनि भेटियो भने कारवाहीमा लैजान्छौं’ मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘सहमति गरेको तोडेर मनपरी गर्न पाइदैन ।’ केही व्यवसायीले भने तोकेको मूल्यमै विक्रि गरीरहेका छन् । मञ्च, प्रशासन र व्यवसायीले भदौ २१ गतेदेखि लागू हुने गरी नयाँ मूल्य सूचि तोकेका थिए । व्यवसायीले किसानको खोरमा गएर सकेसम्मको न्युन मूल्यमा लिने गरेको र उपभोक्ता मूल्य चर्को बनाएको गुनासो गरेका छन् । ‘हामीलाइ सके सम्म सस्तो मूल्यमा माग्छन्’ बानपा ५ का कुखुरा पालक किसान ओमबहादुर खड्काले भने, ‘बढीमा १ सय ६० रुपैयाँमात्र हामीलाइ दिन्छन्, बजारमा छोइसाध्य छैन ।’ खड्काले मासिक २० क्विन्टल सम्म कुखुरा विक्रि गर्दै आएको बताए । चाडपर्व आएकोले व्यवसायीले तोकेको भन्दा चर्को मूल्यमा विक्रि गरेको हुन सक्ने व्यवसायी थानेश्वर सुवेदीले बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.