"2513058968709111" /> जिल्ला शिक्षा कार्यलयले गरेको परिपत्र विभागसँग बाझियो ः हिस्टान..... - अनिश शर्मा गैरे
Breaking News
recent

जिल्ला शिक्षा कार्यलयले गरेको परिपत्र विभागसँग बाझियो ः हिस्टान.....



पोखरा,  भदौ ।
जिल्ला शिक्षा कार्यलय कास्कीले उच्चमावीको दरवन्दी÷ अनुदानको विषयमा दोहोरो अर्थ लाग्ने गरी विद्यालयहरुमा परिपत्र गरेको भन्दै उच्च माध्यमिक शिक्षक एसोशियसन नेपाल (हिस्टान) कास्कीले ध्यानाकर्षण भएको जनाएकोक छ । हिस्टान कास्कीले आइतबार पोखरा मिडिया क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला शिक्षा कार्यलय कास्कीले गत साउन २८ गते दरवन्दी÷अनुदान शिक्षकका सन्दर्भमा सम्बन्धित विद्यालयहरुमा गरिएको परिपत्र  पनि शिक्षा विभागसँग बाझिएको, अस्पष्ट भएको र दोहोरो अर्थ लाग्ने खालको भएको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै हिस्टानका केन्द्रीय उपाध्यक्ष षडानन्द गौतमले शिक्षा विभाग मार्फत जिल्ला शिक्षा कार्यलयले जारी गरेको परिपत्र व्यवस्थित गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अहिले देखिएका समस्यालाई सचेतनाको रुपमा पत्रकार सम्मेलन गरेर जानकारी दिन खोजीको बताउनु भयो । आफुहरुका माग सुनुवाई नभए कठोर आन्दोलन गर्ने हिस्टान कास्कीका अध्यक्ष शिवलाल उपाध्यायले बताउनुभयो । उहाँले आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी नेपाल सरकार र सम्बन्धीत कार्यलयले लिनुपर्ने बताउनुभयो ।
हिस्टानले शिक्षा मन्त्रालय शिक्षा विभाग र हिस्टान बीच २०६६ पुस ९ गते भएको सम्झौता अक्षरशः पालना गरिनुपर्ने । सम्बन्धीत विद्यालयहरुमा गरिएको परिपत्रलाई तुरुन्त संशोधन परी निर्देशिकाको भावना अनुरुप पुनः परिपत्र गरिनुपर्ने लगायतका ११ बुँदे मागहरु हिस्टान कास्कीले राखेको छ ।
मिहस्टान कास्कीलेजिल्ला शिक्षा कार्यलय कास्की सहित क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, उच्च माध्यमिक शिक्षा परिषद् पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा र उच्च माध्यमिक संघ कास्कीलाई बोधार्थ सहितको माग अगाडि सारेको छ ।


कास्कीमा ६८ सामुदायीक र ४६ निजि उच्चमाविमा गरेर करिब ५ सय ७५ जना शिक्षकहरु रहेको हिस्टान कास्कीले जनाएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.