हिमचतुवाको आक्रमणबाट ९७ चौपाय मारिए.....
बाग्लुङ, भदौ २१
हिमचितुवाको आक्रमणबाट मुस्ताङमा झण्डै एक सय पशु चौपाय मरेका छन् । उपल्लो मुस्ताङको चराङ–१ का पेमा घोन्टेङ गुरुङको भेडी गोठमा आइतबार बेलुका हिउँ चितुवाले आक्रमण गर्दा ९७ चौपाय मारिएका हुन् ।
हिमचितुकोको आक्रमणबाट एकै पटकमा यती धेरै चौपाय मारिएपछि पशुपाकल किसान चिन्तित बनेका छन् । बेलुका आफू सुतेका बेला चितुवाले चौपायलाई आक्रमण गरेको गुरुङले बताउनुभयो ।
चितुवाको आक्रमणबाट ४५ वटा माउ बाख्रा र ५२ वटा खसी मरेका छन् । यसबाट ११ लाख ९२ हजार भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
No comments: