नेपाल भित्रियो चिनियाँ प्याज, सस्तिएला त भाउ ?
रविन्द्र घिमिरे
२० भदौ, काठमाडौं । नेपाली बजारमा चिनियाँ प्याज भित्रिन सुरु गरेको छ । भारतीय बजारको प्याजको मूल्य उच्च बिन्दुमा पुगेपछि नेपालमा चीनबाट प्याज आयात सुरु भएको हो ।
कालीमाटी लगायत काठमाडौंका बजारमा चिनियाँ प्याज आईपुगेको व्यवसायीले जानकारी दिएका छन् । चिनियाँ प्याज
बजारमा आएसँगै बढेको भारतीय प्याजको मूल्य घट्न थालेको छ । यसअघि थोकमा प्रतिकिलो १ सय १० रुपैयाँसम्म पुगेको प्याजको मुल्य अहिले घटेर ९० रुपैयाँको हाराहारीमा झरेको छ ।
बजारमा आएसँगै बढेको भारतीय प्याजको मूल्य घट्न थालेको छ । यसअघि थोकमा प्रतिकिलो १ सय १० रुपैयाँसम्म पुगेको प्याजको मुल्य अहिले घटेर ९० रुपैयाँको हाराहारीमा झरेको छ ।
तर, खुद्रा मुल्य भने १ सय ५० रुपैयाँबाट झरेर १ सय ३० रुपैयाँसम्म ओर्लिएको छ । भारतीय प्याजमा निर्भर हुँदा उपोभोक्ता महंगो प्याज किन्न बाध्य भएपछि व्यापारीहरुले चीनबाट प्याज भित्राएका हुन् ।
ठूलो परिमाणमा चीनबाट प्याज आयात नभएको फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खुमप्रसाद घिमिरेले अनलाइनखबरलाई बताए । ‘काठमाडौंमा केही गाडीमात्र चिनियाँ प्याज आएको हो, ठूलो मात्रामा होइन’ उनले भने ।
चिनियाँ प्याज भारतीय भन्दा दोब्ब्र सस्तो भए पनि उपोभोक्ताले कम रुचाउने भएकाले ठूलो परिमाणमा आयात नहुने घिमिरेको भनाई छ । चिनियाँ प्याजको खुद्रा मुल्य प्रतिकेजी ७० रुपैयाँसम्म छ ।
‘केही होटल तथा व्यवसायिक प्रतिष्ठानले चिनियाँ प्याजको प्रयोग गरेपनि पूर्ण रुपमा त्यसमा निर्भर हुने अवस्था छैन ।’ अध्यक्ष घिमिरेले भने- ‘१५/२० टन चिनियाँ प्याज आएर बजारलाई त्यसले धान्ने अवस्था पनि छैन् ।’
चिनियाँ प्याज एक हप्ता भन्दा बढी राखेमा कुहिने भएकाले पनि ठूलो लगानी गरेर त्यसलाई भित्राउन नसकिने उनले बताए । गुणस्तर कमजोर भएको प्याज धेरै ल्याएमा व्यापारीले घाटा मात्रै बेहोर्नुपर्ने महासंघको ठहर छ ।
चिनियाँ प्याजमा पानीको मात्रा धेरै हुने र स्वादिलो पनि नहुने भएकाले आम सर्वसधारणले भारतीय प्याज नै खोज्ने गरेका छन् । अब भारतीय प्याजको मूल्य विस्तारै घट्ने महासंघको अनुमान छ । भारतमा अर्को महिनादेखि नयाँ प्याज बजारमा आउने भएकाले मूल्य सस्तिने व्यवसायीको दावी छ ।
onlingkhaber
No comments: