"2513058968709111" /> मुस्ताङ्मा चौरी गाईको आलो रगत पिउने मेला शुरु, बिभिन्न रोग बाट मुक्ति पाईने बिश्वास ।। - अनिश शर्मा गैरे
Breaking News
recent

मुस्ताङ्मा चौरी गाईको आलो रगत पिउने मेला शुरु, बिभिन्न रोग बाट मुक्ति पाईने बिश्वास ।।

२२ साउन मुस्ताङ्
मुस्ताङ जिल्लाको जोमसोम गाविसस्थित नमखु लेकमा चौँरीगाईको आलो रगत पिउने मेला सुरु भएको छ । स्थानीय किसानको आयोजनामा सुरु भएको मेलामा रगत पिउन मुस्ताङका विभिन्न गाविसबाट सर्वसाधारणको घुइँचो लाग्न थालेको छ । उच्च हिमाली क्षेत्रमा पालिने चौँरीगाईको रगत पिएमा गानोगोला, ग्याष्टिक, कमलपित्त, मर्केको, सुन्नेको र छालासम्बन्धी रोग निको हुने विश्वास छ । हरेक वर्ष आयोजना गरिने मेलाबाट आकर्षक आम्दानी हुने स्थानीय किसान भूपिन शेरचनले जानकारी दिए । उनका अनुसार, हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔँले, जटामसीलगायत जडीबुटी खाएका चौँरीगाईको रगतले शारीरिक स्फूर्तिसमेत बढ्छ । ‘हामीले चौँरीगाईको रगत प्रतिगिलास रु १५० मा बिक्री गरिरहेका छौँ, विशेष प्रकारको चक्कुबाट रगत निकाल्ने गरिन्छ’–उनले भने । किसानहरूले पालेका करिब दुई सय चौँरीगाईबाट रगत निकालिने उनीहरूले जनाएका छन् । एउटा चौँरीगाईबाट कम्तीमा पाँच गिलाससम्म रगत निकाल्न सकिन्छ । मेला यही साउन २२ गते सकिने छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.