"2513058968709111" /> ३ सय आन्दोलनकारी मार्ने सूचना पाएका छौ : अनन्त - अनिश शर्मा गैरे
Breaking News
recent

३ सय आन्दोलनकारी मार्ने सूचना पाएका छौ : अनन्त

काठमाडौं, २ भदौ । एनेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले अबको आन्दोलनमा सरकारले करीव तीन सय आन्दोलनकारी मार्ने योजना बनाएको सूचना आफूहरुसँग भएको बताएका छन् । बुधबार रिपोट्र्स क्लबद्धारा आयोजीत  कार्यक्रममा नेता पुनले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।
आम जनतालाई मान्य हुने गरी संविधान बनाउनको लागि दवाद दिन आन्दोलनमा होमिएका सर्वसाधरण जनतालाई बल प्रयोग गरेर भड्काउने र मार्ने योजना बन्दै गएको उनको दाबी छ । थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले त्यस क्षेत्रमा आन्दोलन भएको भन्दै उनले उनीहरुको माग सम्बोधन गरिने बताए । उनले भने ‘कर्णाली स्वायत्त क्षेत्र हुन्छ ।
मगरात र थारुवानको क्लष्टर मिलाउनु पर्छ ।’ केही दिन यतादेखि मुलुकभर भएका प्रदर्शनमा प्रहरीको गोली प्रहारबाट ५ जनाको ज्यान गइसकेको र सयौँ प्रर्दशनकारी घाइते भएका बेला मुख्य विपक्षी दलका सचिव वर्षामान पुनले दिएको अभिव्यक्तिले पुन एक पटक राजनीतिक तरंग ल्याउने निश्चित छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.