"2513058968709111" /> चाणक्य नीति अनुसार यी ५ नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत - अनिश शर्मा गैरे
Breaking News
recent

चाणक्य नीति अनुसार यी ५ नीतिलाई मान्नुहुन्छ भने तपाईंको जीतै जीत

चाणक्य वा कौटिल्य एक भारतिय शिक्षक, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए।उनी राजनीति र कूटनीति का साक्षात् मूर्ति थिए। उनको अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ। पुरातन हिन्दु मान्यता अनुसार चाण्क्य लाई महान् विद्वान मानिन्छ । उनले दिएका विचारहरुलाई हाम्रो संस्कारमा चाण्क्य नीतिका रुपमा मान्ने चलन रहिआएको छ ।
चाणक्य नीति १ःआफुले योजना गरेका कुराहरु कसैलाई नभन्नुस । वुद्धिमान मानिसले आफ्नो योजना बारे कसैलाई पनि बताउँदैन ।आफूले सोचेको कुरालाई पुरा गर्नको लागि ढृढ रहनुहोस्, तपाईंको जीत अवश्य हुनेछ ।
चाणक्स नीति २ःजीवनको सबै भन्दा ठुलो मित्र शिक्षा हो । शिक्षा लाई कहिलै पनि पैसा संग तुलना नगर्नुहोस । एक शिक्षित व्यक्तिले पुरै देश बदल्न सक्छ । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछन् । शिक्षाले सौन्दर्य र यौवनलाई परास्त गर्ने गर्दछ ।
चाणक्स नीति ३:ती आमाबुवा बच्चाहरुको लागि शत्रुजस्तै हुन्छन् जसले आफ्ना छोराछोरीलाई राम्रो शिक्षादिक्षा दिएका हुँदैनन् । किनभने अनपढहरुको भिडमा विद्वानको निकै बेइज्जत हुने गर्दछ ।
चाणक्स नीति ४:जो व्यक्तिको छोरा उसको नियन्त्रणमा बस्ने गर्दछ, श्रीमती उनको आज्ञा अनुसार व्यवहार गर्दछिन् र जो व्यक्ति आफूले कमाएको धनमा पूर्ण सन्तुष्ट हुन्छन् भने यस्ता व्यक्तिहरुका लागि संसार एक स्वर्गजस्तै हुन्छ ।
चाणक्स नीति ५:मूर्खता जस्तै यौवन पनि दुखदायी हुने गर्दछ किनभने जवान हुँदा व्यक्तिले कामवासनाको आवेगमा कुनै पनि मूर्खतापूर्ण काम गर्न सक्छ । तर योभन्दा पनि अधिक कष्टप्रद भनेको अरु व्यक्तिमा आश्रित हुनु हो ।
source etajakhabar

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.