"2513058968709111" /> प्रथम शालीमे महोत्सव हुँने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

प्रथम शालीमे महोत्सव हुँने ।।

साउन २७ गुल्मी ।।
शालीमे धाम पर्यटकिय बिकास समिती गुल्मीको आयोजानमा ४४ औं छविप्रसाद नन्द सरस्वती भण्डारा कार्यक्रम सपन्न भएको छ । अर्लाकोट, कुर्घा, आँपचौर, वामी, दिब्रुङ्गको शिरमा अबस्थित शालीमे तपोभुीमा सयौं भक्तजनको उपस्थितिा पिद प्रज्लवलन, चन्डी रुद्री पुँजा समेत गरिएको थियो । समितीले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बिबिध कार्यक्रमहरु सपन्न गरेको हो ।
शालीमे धाम तपस्यामा बस्नु भएका भानु गरुले पुजा तथा भक्तजनहरुलाई स्वगत गर्नु भएको थियो । कार्यक्रमा पण्डीत कमलराज सुबेदीको प्रवचन समेत प्रस्तुत भएको थियो ।
शालीमे पर्यटकिय बिकास समितीले सोहि अबसरमा बैठक समेत सम्पन्न गरेको छ । समितीको उपाध्यक्ष पुर्ण बहादुर घर्ती मगरको सभापतित्वा बसेको बैठकले २०७२ साल चैत्र १९ गतेबाट प्रथम शालीमे महोत्सव गर्ने भएको छ । समितीले महोत्सवको मिती तय गरे सगै बिस्तारै यसको तयारी गर्दै जाने समितीका कोषाध्यक्ष ज्ञानहरि सापकोटाले बताए ।
बैठकले बैसाख १२ गते गएको बिनासकारी भुकम्पबाट क्षेतीग्रस्त शालीमेका ३ वटा आश्रयको व्यावस्थापन गर्नका लागी बिभन्नि निकायमा पहल गर्ने भएको छ । पर्यटकिय क्षेत्र शालीमेलाई बिश्वका बिभिन्न स्थानमा चिनाउँन तथा प्रचार प्रसारलाई तिब्र लैजाने सापकोटाले बताए । समितीले ऐतिहासिक पर्यटकिय रुपले धनी भएपनी प्रचार प्रसार नहुँदा ओझेलमा पर्दै गएकोले यसलाई अझ वढी प्रचार प्रसार गर्नु गर्ने लगायतका महत्वपुर्ण बिषयमा छलफल गरेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.