वामीका राजनितिक दलहरुद्धारा हिमाल सहितको प्रदेश माग, साँझ ६ बजे माग सहित नारा जुलुस हुने ।।
अनिश गैरे, वामी गुल्मी ।।
गत श्राबण २३ गते दलहरुले गरेको प्रदेशको सिमाङ्कन अनुसार प्रदेश नम्बर ५ मा हिमाल, पहाड र तराई नजोडिएकोमा वामीका राजनीतीक दलहरुले आपत्ती जनाएका छन । गाबिसमा प्रबतिनिधित्व गर्ने राजनितिक दलहरुको आज बसेको बिशेष भेलाले प्रदेश नम्बर ५ मा हिमाल, पहाड, तराइृ जोडिनुपर्ने, कालीगण्डकी नदि समाबेश हुनुपर्ने, चिन र भारत संग सिमाना जोडिनुपर्नै लगायतका माग राखेका छन । नेपाल एक हिमालय देश भएपनि यस प्रदेशमा हिमाल नजोडिनुमा नेपाली काङ्ग्रेस वामीका सचिब तेजेन्द्र जिसीले दुख ब्यक्त गर्नुभयो । साथै प्रदेशलाई भुपरिबेष्ठित देश भित्रको पनि भुपरिबेष्ठित प्रदेश बनाउन नहुने माग भएको नेकपा एमाले जिल्ला कमिटि सदस्य टेक बहादुर राहडीले जानकारी दिनुभयो । साथै सोही बिषयहरुको माग राख्दै वामीमा साँझ ६ बजे माग सहितको नारा जुलुस गरिने राजनीतीक दलहरुले बताएका छन ।
No comments: