"2513058968709111" /> एसएलसिको मौक परिक्षाको सम्पुर्ण तयारी पुरा, गुल्मीमा गणित विषयमा बढी बिद्यार्थी, बाग्लुङ्मा झण्डै २४ सय बिद्यार्थी सहभागी हुँदै ।। - अनिश शर्मा गैरे
Breaking News
recent

एसएलसिको मौक परिक्षाको सम्पुर्ण तयारी पुरा, गुल्मीमा गणित विषयमा बढी बिद्यार्थी, बाग्लुङ्मा झण्डै २४ सय बिद्यार्थी सहभागी हुँदै ।।

१८ श्राबण  ।।
एस एल सी पुरक परिक्षामा गुल्मीबाट २५ सय ८९ जना बिद्याथीले परिक्षामा सभागिता जनाउने भएका छन् । बुधवारबाट सुरु हुन लागेको पुरक परिक्षामा सबैभन्दा वढी बिधार्थी गणित बिषयमा रहेका छन् भने कम बिद्यार्थी नेपालीमा रहेका छन् । जिल्लाबाट परिक्षामा अग्रेजी बिषयमा २ सय ७८ जना, नेपाली विषयमा १ जना, गणित बिषयमा १२ सय ७७ जना, बिज्ञान बिषयमा ७ सय १० जना, सामाजिक बिषयमा २ सय २१ जना, स्वाथ्य तथा जनसंख्या बिषयमा १३ जना लेखा बिषयमा  जना, ऐच्छिक गणित बिषयमा ६३ जना, अर्थशास्त्र बिषयमा २० जना र शिक्षा बिषयमा ३ जना बिद्यार्थी सहभागिता जनाउँने जिल्ला शिक्षा कार्यलय गुल्मीका बिद्यालय निरिक्षक हिरा श्रेष्टले जानकारी दिए ।
जिल्लाको सदरुकाम तम्घासमा यहि साउन २० गते देखि २७ गते सम्म संञ्चालन हुने परिक्षामा तिनवटा केन्द्रमा परिक्षा संञ्चालन हुँने बिद्यालय निरिक्षक श्रेष्टले बताए । सदरमुकाम तम्घासाम रहेका सिद्धबाबा उच्च माबि, रेसुङ्गा माबि र महेन्द्र उच्च माबिमा परिक्षा संञ्चालन हुने बताइएको छ । जिल्लमा गणित विषयमा दिन वढी बिद्यार्थी भएकाले उक्त विषयमा दिन अर्जुन बोडिङ्गको भवन मा समेत परिक्षा संञ्चालन गरिने जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ ।
यसैबचि
बागलुङमा २ हजार ३ सय १५ परीक्षार्थी मौका परीक्षामा सम्मिलित हुदै छन् । मौका परिक्षाका लागि गल्कोट हटियामा दुई र सदरमुकाममा तीन परीक्षा केन्द्र निर्धारण गरिएको छ । हटियामा गल्कोट बहुमुखी क्याम्पस र गल्कोट उमावि तथा सदरमुकाममा अमर आदर्श उमावि, आदर्श विद्यामन्दिर उमावि र रुद्रेपिपल माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
कुल १ लाख २४ हजार २ सय ५१ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २ सय ४७ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार भोलि देखी सुरु हुने मौका परीक्षामा कुल १ लाख २४ हजार २ सय ५१ परीक्षार्थी मध्ये परीक्षामा एक विषयमात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना रहेको छ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ। प्रिक्षाको सम्पुर्ण तयारी पुरा भएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.