"2513058968709111" /> बाग्लुङ्को गल्कोटको बिजुली जुनकिरी सरी, दिनमा करिब ५० पटक बिद्युत अबरुद्ध हुने समस्या ! - अनिश शर्मा गैरे
Breaking News
recent

बाग्लुङ्को गल्कोटको बिजुली जुनकिरी सरी, दिनमा करिब ५० पटक बिद्युत अबरुद्ध हुने समस्या !

१८ श्राबण  ।।
बागलुङ जिल्लामा वितरण भएको बिद्युत लाईन दिनको करिब ५० भन्दा धेरै पटक जाने गरेको छ । गल्कोट बासीलाई बागलुङ विद्युत प्राधिकरणको बिजुली जुनकीरी जस्तै लाग्ने गरेको छ ।
बागलुङ जिल्लाको तेस्रो ब्यापारीक केन्द्र मानिने गलकोट क्षेत्रमा सञ्चालित उधोगहरुमा विद्युत आपुर्ती नियमित नहुदाँ दिनप्रतिदिन उद्योग धारासायी बन्दै गएको अपिल ग्रिल उधोग संचालक वीरबल क्षेष्ठको गुनासो छ ।
नत दिउसोमा नियमित विद्युत आउछ नत रातमानै, यसरि बिधुत आपुर्ति सहज नहुदाँ उधोग सँगै विभिन्न बिधुतीय मेसिन मार्फत कार्य सञ्चालन गर्ने कार्यलय , उद्योग तथा सञ्चारका माध्यममा काम नै ठप्प हुने गरेको छ । लोडसेडिङको तालिका विनाको जिल्ला भनेर चिनिएको बागलुङ जिल्लामा एक घण्टामा ९ देखि १० पटक विद्युत जाने गर्नु भनेको बिद्युत नहुनु जस्तै भएको छ ।
समयमा बिधुत नआउने समस्या त एकातिर भईहाल्यो अर्को्तिर केहि समय पहिले मिटर रिडिङ गर्दा ग्राहकको घरमा नपुगि बाटो बाटै बिल काट्ने गरेको भन्दै स्थानिय उपभोक्ताले आक्रोश ब्यक्त गरेका थिए । स्थानिय उपभोक्ताका अनुसार कहिले तिरेको बिल बाकि भनेर आउछ कहिले बाटामा बिल काटिन्छ उता नोलाईट कार्यलयले भने सकेसम्म स्तरिय सेबा प्रदान गरेको बताउने गरेको छ । आफुले पनि गा्रहकको घर घरमै पुगेर मिटर रिडिङ गरेको बताउदै हाल बक्यौता रकम न्युन मिटरमा देखिएकोे नो लाईट कार्यलय हटियाका प्रमुख हरि सुनारले बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.