"2513058968709111" /> गुल्मीको एक उमाविको पठनपाठन सञ्चालनको लागि अस्थायी टहरो निर्माण - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मीको एक उमाविको पठनपाठन सञ्चालनको लागि अस्थायी टहरो निर्माण

अनिश गैरे

गुल्मी २६ साउन
गुल्मीको महेन्द्र आर्दश उच्च माध्यमिक विद्यालय वामी २ टक्सार विद्यालयको  पठनपाठनमा सहज रुपमा सुचारु गर्न आफ्नै खेल मैदानमै अस्थायी टहरो निर्माण गरिएको छ ।  गत वैशाख १२ र २९ गतेको महाविनासकारी भूकम्पले  विद्यालयको ८ कोठे भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि  विद्यालयले   पठनपाठनलाई सहज बनाउन विभिन्न संस्थाको आर्थिक सहयोग तथा स्थानीयवासीहरुको जनश्रमदानबाट  विद्यालयले ४ कोठ अस्थायी टहरो निर्माण गरिएको निर्माण समितिका अध्यक्ष हरिहर सापकोटाले जानकारी दिनु भयो । यसरी  सघंसस्था तथा स्थानीयवासीको सक्रियतामा टहरो निर्माण गरि हाल टहरोमै विद्यार्थीहरु राखेर पठनपाठन कार्यलाई सञ्चालन गरिएको विद्यालयका प्राचार्य भिमलाल सापकोटाले जानकारी दिनुभयो । साथै उहाँले  टहरो निर्माणमा गाविसका वडा नं.१,२ र ३ त्यस्तै ६ र ९ गरि  स्थानीयवासीको जनश्रमदान बाहेक जिल्ला शिक्षाकार्यालय गुल्मीको १ लाख, तथा एन.आर.एन.ए लचलबन्यूजिरल्याण्डको केहि सहयोग र विद्यालयको १ लाख ५० हजार गरि २ लाख ५० हजारमा  आर्थिक सहयोगमा विद्यालयको ४ कोठे अस्थायी टहरो निर्माण गरिएको प्राचार्य सापकोटाले बताउनु भयो ।
विपतको बेला विद्यालयको शैक्षिक वातावरण सहज बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.