"2513058968709111" /> ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट एटिएम सेवा छिट्टै सञ्चालन हुने, - अनिश शर्मा गैरे
Breaking News
recent

ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट एटिएम सेवा छिट्टै सञ्चालन हुने,

सहज तरिकाबाट कारोबार हुने भएपनि स्थानीयमा खुशीयाली ।।
अनिश गैरे ।
गुल्मी २५ श्राबण ।।
ग्वोबल आइएमई बैंक लि. वामी शाखाबाट पनि वामीमै पहिलो पटक एटिएम (अटोमेटिक टेलर मेसिन) सेवा सञ्चालन हुने भएको छ ।
यस क्षेत्रका सेवाग्राहीहरुको माग र चाहनालाई मध्यनजर गदै यही श्रावण महिना भित्रै सो सेवा सञ्चालनमा आउने वामी शाखाका प्रबन्धक अम्बु रायमाझीले जानकारी दिनु भयो ।
साथै उँहाले गुल्मीको रिडी देखि बाग्लुङको बुर्तिबाङ सम्मकै स्थानहरुमा यो सेवा कतै नभएको हुदा वामी शाखाबाट एटिएम मार्फत सेवा लिन सर्वसाधारणहरुलाई आग्रह गनुभयो । गुल्मी र बाग्लुङ गरी १ दर्जन गाविस भन्दा बढि गरि ९ हजार सदस्यहरु रहेको वामी शाखामा दैनिक रुपमा १ सय ५० देखि २ सय सम्म सेवाग्राहीहरुले आर्थिक कारोवार गर्ने गरेको समेत शाखा प्रवन्धक रायमाझीले जानकारी दिनु भयो ।
साथै उक्क्त एटिएम सेवा मार्फत विद्युत र नेटको व्यवस्था भएमा २४ घण्टा छिटो,छरितो तरिकाले सेवा लिन सकिने तथा एक पटकमा रु.५ सय देखि ३० हजार सम्म रकम लिन बताईएको छ ।
साथै राष्ट्रिय वाणिज्य, एस.वि.आई लगायत अन्य बैकहरुंको पनि एटिएम सेवा लिन सकिने समेत उहाँले बताउनु भयो । यता एटिएम सेवा वामीटक्सारबाट सूचारु भई कारोबारमा सहजता थपिने भएपछि सेवाग्राहीहरु भने मख्ख परेका छन
- See more at: http://ujyaalolalteen.com/archives/776#sthash.66psHDRF.dpuf

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.