यहाँ गोरुको सट्टा मान्छेले नै जोत्छन्
गाएर बाँझो जोतिसकेको बारीमा मान्छेले पुनः जोतेर खेती लगाउने चलन उत्तरी गोरखाका १८ गाविसमा कायमै छ । “बाँझो जोतेर डल्ला फुटाइसकेको बारीमा मकै रोप्दामात्रै मान्छेले तानेर जोतिन्छ,” सिङबहादुरले भन्नुभयो – “उत्तरी भेगको माटो हलुङ्गो हुन्छ । सानो हलो बनाउँछौँ । मान्छेले सजिलै तान्न सक्छ ।” सिङबहादुरका दुई छोराले बारी जोत्ने हलो सानो बनाएका छन् । गोरुले बारी जोत्न प्रयोग गरिएको भन्दा निकै सानो हलो तानेर मकै रोप्ने सिया बनाउँदै आएको उहाँले जानकारी दिनुभयो ।
सबेरै उठेर सिङबहादुरको परिवार बारीमा पुग्छन् । मनबहादुर हलो बोक्नुहुन्छ । सुकबहादुरले हरिस तान्ने डोरी । उहाँहरुकी आमा भीममायाले मकैको बीउ बोक्नुपर्छ । “लगातार दुई दिन जोतेपछि बारीमा मकै रोपिसकिन्छ,” बारपाकको हिमालय उमाविको कक्षा ११ मा पढ्दै आउनुभएका १६ वर्षका मनबहादुरले भन्नुभयो, “सकेसम्म पढाइ नबिगार्ने गरी बिदाको मौका छोपेर जोत्छौँ ।” बा¥ह वर्षका सुकबहादुर पनि सोही उमाविको कक्षा ७ मा अध्ययरत हुनुहुन्छ ।
”बर्सेनि हलो तानेर मकै रोप्छौँ,” उहाँले भन्नुभयो, “कुनै वर्ष स्कुल नगई पनि बारी जोतेका छौँ ।” गोरुको सट्टामा बारी जोत्दा निकै थकाई लाग्ने उहाँले अनुभव सुनाउनुभयो । बारीमा ढुङ्गा, ग्रेगान भएको ठाउँमा हलो तान्न असजिलो हुने र धेरै बल खर्चंदा असिनपसिन हुने उहाँले बताउनुभयो ।
बारपाक, लाप्राक, गुम्दा, लापुलगायत गाविसका युवाले गोरुको सट्टामा बारी जोत्ने गर्छन् । किसानले घरमा गोरु पाल्न छाड्दै गएपछि मान्छेले तानेरै मकै रोप्नुपरेको बारपाकका स्थानीय वृद्ध लालजीत घलेले बताउनुभयो । “भनेका बेला गोरु पाइन छाड्यो,” उहाँले भन्नुभयो, “कुनै सुर्कामा गोरु पनि अटाउँदैन ।”
ट्र्याक्टरले जोत्न मिल्ने गह्राहरु नभएको भन्दै उहाँले बारपाकी युवाले बर्सेनि दुःख खेप्दै आएको बताउनुभयो । बारी बाँझै राख्न नसकिने भएकाले पनि छोराहरु लगाएर बारी जोत्नुपरेको किसान बताउँछन् । जोत्न नसक्ने वृद्धवृद्धाले कोदालोले खनेर पनि मकैलगायत खेती गर्दै आएका छन् ।
बारपाकमा मात्रै एक हजार ३०० घरधुरी छ । सदरमुकामदेखि १६ कोस टाढाको दूरीमा पर्ने बारपाकका स्थानीय जनताले पुर्खाको पालादेखि गोरुले झैँ बारी जोतेर मकै रोप्दै आएका छन् । विगत एक हप्तादेखि बारपाकका बारी जोत्न युवा खटिएका छन् । हुर्केका युवा बिदेसिएपछि जोत्न समस्या भएको किसानले बताएका छन् । विद्यालयमा अध्ययनरत कलिला विद्यार्थीलाई बारी जोत्न लगाउनुपरेको किसानको गुनासो छ ।

No comments: