"2513058968709111" /> प्रहरीको टाउको फोड्नेविरुद्ध ज्यान मुद्दा - अनिश शर्मा गैरे
Breaking News
recent

प्रहरीको टाउको फोड्नेविरुद्ध ज्यान मुद्दा

पोखरा स् डिस्कोमा प्रहरीको टाउको फोड्नेविरुद्ध सोमबार प्रहरीले ज्यान मार्ने उद्योगको मुद्दा लगाएको छ। एमाले युवा संघ गण्डकीका उपाध्यक्ष महेन्द्र भोटे भनिने शिव गुरुङले लेकसाइडमा चलाएको ओजन डिस्को एन्ड कम्प्लेक्समा शुक्रबार राति प्रहरी जवान भीमबहादुर रानामाथि सांघातिक आक्रमण भएको थियो।
डिस्कोमा दुई पक्षबीच झडप भएपछि पुगेका प्रहरीमाथि त्यहाँका बाउन्सरले फलामको रडले हानेर टाउको फुटाएको प्रहरीले जनाएको छ। प्रहरीले पोखरा १५ का २७ वर्षीय किरण गुरुङ, प्रशान्त गुरु ङ र अनिल गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा थपेर अनुसन्धान सुरु गरेको छ।


यसैगरी पोखरा १२ लालीगुराँस टोलका ३२ वर्षीय डान्स क्लब सञ्चालक एवं युवा संघ गण्डकीका उपाध्यक्ष महेन्द्र गुरुङ, माटेपानीका दिलबहादुर गुरुङ, लेखनाथ बाघमाराका हरि अधिकारी, पोखरा १५ का राजु गुरुङ, शिशिर भुजेल, बालकृष्ण राना, गोपी गुरुङ र पोखरा १४ मझेरीपाटनका सोम गुरुङलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गर्न म्याद थप गरिएको प्रहरीले जनाएको छ।
 प्रहरीले स्याङ्जा चापाकोट घर भई पोखरा पृथ्वीचोक बस्ने रोशन भन्ने तुलबहादुर थापा, सुर्खेत लाटीकोइली घर भई पोखरा नयाँबजार बस्ने जीवन वली, पोखरा ७ रत्नचोकका रवीन गुरुङ, पोखरा ६ गौरीघाटका सुशील गुरुङ र अर्जुन गुरुङविरुद्ध पनि सार्वजनिक अपराधको मुद्दा चलाएको छ। 

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.