सात किलो सुन सहित सुन तस्करी गर्ने गिरोह पक्राउ
काडमाडौं, फागुन २५ – नेपाल प्रहरीले सात किलो सुन र ३० लाख रुपैयाँ नगद सहति संगठित रुपमा सुन तस्करीमा संलग्न गिरोहलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले बहुमुल्य सुन भन्सार छलेर चीनको तिब्बतबाट नेपाल भित्र्याइ भारत पु¥याउने संगठित गिरोहका ९ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये दुई जना सुन व्यवसायी हुन् ।
प्रहरीले काठमाडौंको न्युरोडमा द युनाइटेड गोल्ड मार्ट सञ्चालन गर्ने ४८ वर्षका आकाशकुमार बज्राचार्य र ४२ वर्षका बालकृष्ण अग्रवाललाई पक्राउ गरेको छ । तस्करीमा संलग्न संगठित गिरोहका अर्का लगानीकर्ता झापाका सावरमल जोधानी भने फरार छन् ।
बज्राचार्य पोखरा उपमहानगरपालिकाका हुन् भने अग्रवाल इलाम नगरपालिकाका हुन् । प्रहरीले संगठित रुपमा सुन तस्करीमा संलग्न व्यवसायीलाई नै पक्राउ गरेको यो पहिलो पटक हो । यसअघि खास तस्करहरु उम्किँदै आएका थिए भने भरिया मात्र प्रहरीको फन्दामा पर्ने गरेका थिए ।
तीन जना व्यवसायीलाई तस्करीमा सहयोग गर्ने सिन्धुपाल्चोकका प्रविण तिमल्सिना र देउता तिमल्सिना, रौतहटका मोहन चौधरी, चितवनका रामराज चौधरी, विशाल चौधरी र सत्यनारायण चौधरी, सुनसरीका विशाल चौधरी तथा बाराका नन्दकिशोर चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
No comments: