गुम्बाभित्रै जुवातास खेलाउने गरेको खुलासा
काठमाडौं, फागुन २५ – काठमाडौंमा गुुम्बाभित्र पनि जुवातास खेलिने गरेको खुलासा भएको छ । प्रहरीले स्वयम्भुको मुस्ताङ गुम्बाभित्र जुवा खेलिरहेका ३० जनालाई पक्राऊ गरेपछि गुम्बाभित्रै जुवातास खेलाउने गरेको खुलेको हो ।
गुम्बाभित्र ४ वटा खाल बनाइ क्यासिनो शैलीमा जुवातास खेलाइरहेका बेला ६ जना महिला र २४ जना पुरुषलाई पक्राउ गरेको अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले जनाएको छ । प्रहरीले उनीहरुको साथबाबट १२ लाख १२ हजार ३ सय ७० रुपैयाँ, तास तथा जुवा खेल्न प्रयोग हुने सामाग्री बरामद गरेको छ ।
No comments: