"2513058968709111" /> दलितका छोरा र लिम्बूकी छोरीवीच मागी विवाह - अनिश शर्मा गैरे
Breaking News
recent

दलितका छोरा र लिम्बूकी छोरीवीच मागी विवाह

२५ फागुन, मोरङ । 
समाजमा रहेको जातीय विभेदलाई चुनौती दिँदै मोरङको एक युगल जोडीले दलित र जनजातिवीच मागी बिहे गरेका छन् । केरावारी-३ का एक दलित युवकले जनजातिकी छोरीसँग दुबै तर्फका परिवारको स्वीकृतिमा मागी विवाह गरेका हुन् ।
दलित र गैर दलित जोडीवीच अहिलेसम्म भागेर मात्रै विवाह हुने गरे पनि दलित युवकले जन्ती लिएर सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् ।
केराबारी-३ का दीपक पोर्तेलले मोरङ पथरी-८ कि शान्ता थेबेसँग आइतबार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् । लिम्बु समुदायको थेबे परिवारले आफ्नी छोरीको कन्या दान राजीखुशीले दलित युवकसँग गराएर राम्रो उदाहरण पेश गरेका छन् ।
विवाहमा दलित तथा गैरदलित समुदायका छरछिमेकीहरु जन्ती गएका थिए । बेहुली पटि्टबाट पनि छरछिमेकले भोज खाएका थिए ।
लिम्बुकी छोरीसँग बिबाह गर्न पाएकोमा खुशी देखिएका बेहुलाले भने- ‘विवाहअघि हामीवीच प्रेम पनि थिएन, यद्यपि केटी माग्न गयौं, उनका परिवारले पनि स्वीकार गरेपछि सामाजिक परम्परा अनुसार विवाह गरेका हौं ।’
समाजमा जातीय छुवाछुतको प्रथा अझै पनि हट्न सकेको छैन । तर, समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि जन्ती लिएर बेहुली भित्र्याएको दीपकका बुबा धनबहादुर पोर्तेलले बताए ।
सामाजिक परिवर्तनका लागि अन्तरजातीय विवाह गर्ने संस्कारलाई समाजले यसैगरी मान्यता दिनुपर्ने दलित हकहित समन्वय समितिका सचिव युपल रुचालले बताए ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.