वामी श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको बैठक, वामी श्रोत केन्द्र भवनमा सम्पन्न ।।
अनिश गैरे, वामी गुल्मी
फाल्गुण १०–
वामी श्रोत केन्द्र अन्तर्गत पर्ने बिद्यालयहरुका प्रद्यानाध्यापकहरुको नियमित बैठक, वामी श्रोत केन्द्र भवनमा सम्पन्न भएको छ।
महेन्द्र आर्दश उमाविका प्राचार्य भिमलाल सापकोटाको अध्यक्षता रहेको बैठकमा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त ३३ बुँदे सूचना तथा निर्देशन बारे श्रोत व्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभएको थियो । सूचना तथा निर्देशनहरुको बारेमा सीप निर्माणको लागि तालिमको तयारी,एवं तथ्याङ्ग संकलन, नमूना विद्यालय छनोट गर्ने लगायतमा पनि छलफल गरिएको छ । त्यस्तै आगामी फाल्गुन २२ गते ३० सम्म सञ्चालन हुन लागेको दोश्रो गुल्मी महोत्सवमा प्रत्येक विद्यालयबाट आएका शैक्षिक सामग्रीहरु प्रर्दशन गर्न श्रोत केन्द्र मार्फत उक्क्त समाग्रीहरु पठाउने, कक्षा ८ को जिल्ला स्तरीय परीक्षा तथा कक्षा ३ र ५ लगायतका श्रोत केन्द स्तरीय परीक्षालाई मर्यादित व्यवस्थित गराउने निर्णय गरिएको श्रोत व्यक्ति टंकनाथ भण्डारीले जानकारी दिनुभयो । साथै उहाले एस.एल.सी परीक्षा दिने सबै विद्यार्थीहरुलाई सफल बनाउन प्रधानाध्यापक तथा विषय शिक्षकहरुलाई सुझाव समेत दिएको थियो । यसरी नमूना विद्यालय छनोटमा परेका त्रिभुवन उमावि कुर्घा, महेन्द्र आर्दश उमावि वामी, शारदा विद्या मन्दिर मावि वामी, जनज्योति मावि तथा ने.रा. उमावि पौदी अमराई, सितापुर उमावि अर्लाकोङ यस्तै निमावि तर्फ ज्ञानज्योति निमावि अर्लाकोङ, प्रा.वि. तर्फ खड्कदेबी प्राबि वामी ४ भलेका मालारानी प्रावि वामी ८ ,भगवति प्रावि वामी ३ गौमति प्रावि वामी १ साथै अन्य विद्यालयलाई पनि नमूना विद्यालय छनोटमा बनाउन आग्रह समेत उहाँले जानकारी दिनुभयो । साथै कक्षा ३, ५, र ८, को लागि श्रोतव्यक्ति टंकनाथ भण्डारीको संयोजकत्वमा ११ सदस्यीय परीक्षा उपसमितिको गठन समेत गरिएको छ बैठकको सञ्चालन श्रोतव्यक्ति टंकनाथ भण्डारीले गर्नुभएको थियो ।

No comments: