"2513058968709111" /> प्रेमविहिन-प्रेम दिवस!! - अनिश शर्मा गैरे
Breaking News
recent

प्रेमविहिन-प्रेम दिवस!!

naresh anjan gc
प्रेमको के भर,
जहाँ प्रेम नै गिद्द छ।
भावनाहरु लुछिन्छन्,
तिखा नङ्ग्राले
कोतर्दै, चिथोर्दै
घाइते बनाइन्छन।
निर्दोष भावनाका लासहरु
डुङ्डुङती गनाइरहेको बस्तीमा
गुलाफको सुगन्ध
हावा मै बिलाइरहेछ।
तैपनि,
गुलाफ साटिइरहन्छन
एक जनाले एउटा
गुलाफ बाड्दा भन्दा
एकै जनाले सयलाई
बाड्दा मख्ख पर्दै
रातो रक्तिम खुसी बेचिरहन्छ
फुल पसले।
उसका लागि प्रेम दिवस
फगत नाफा दिवस!!
बैंक ब्यालेन्ससँग गरिएका प्रेम
बजार भाउ जस्तै
घटबढ भइरहन्छन्
आजकल,
डेबिट र क्रेडिटका नियम
चालिन्छन प्रेममा।
प्रेममा लेखा र ब्यापार नदेख्ने
सधैं घाटामा!!
प्रेम गर्नेहरुको महान चाड
प्रेम दिवस,
भ्यालेन्टाइनस् डे बनेर
शिवरात्रीका नाङ्गा बाबा झैँ
नाङ्गो,उत्ताउलो नाच,
यौवनको उन्माद,
जवानीको जोस देखाउछ
यत्रतत्र!!
जिवनभर साथ
मनभरिको माया साटेर
कैयौं हिउँद सगसगै काटेर
ती चाउरी परेका जिवनमा
कहिले आएन,
कहिले आश्यकता परेन
प्रेम दिवसको!!
प्रेम दिवस त
नाङ्गो बैँशलाई आउँछ,
उजाड शिशिर पछि पलाएका
कलिला मुना जस्ता मनमा
कौतुहुलता बनेर छाउँछ।
धर्मको नाममा व्यापार भए झैँ
प्रेमदिवसमा प्रेमको व्यापार गरिन्छ,
मन्दिरमा भेटि चढाएर भक्ति देखाए झैँ
उपहार दिएर, उपहार लिएर
प्रेम देखाइन्छ!!
प्रेमको एक रुप हातभरि
राता गुलाफ लिएर
गुलाफी मुस्कान मुस्काउदै गर्दा
प्रेमका अन्य रुपहरु
मात्तृत्व,
भ्रातृत्व,
मित्रता, इत्यादि
खाली हात
नेपथ्यबाट चिहाइरहेछन!!

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.