"2513058968709111" /> गुल्मी महोत्सबमा कृषि प्रदर्शनीमा उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

गुल्मी महोत्सबमा कृषि प्रदर्शनीमा उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने ।।

माघ २६–
आगामी २२ फागुनदेखि ३० सम्म सम्पन्न हुन लागेको दोस्रो गुल्मी महोत्सवको घरेलु तथा कृषि प्रर्दशनी समितीको बैठक सम्पन्न भएको छ । सोमवार गुल्मी उद्योगवाणिज्य संघमा सम्पन्न बैठकमा समितीका सदस्यहरुकोे सहभागिता रहेको थियो । घरेलु तथा कृषि प्रर्दशनी समितीका संयोजक मनिराम अर्यालयको संयोजकत्वमा सम्पन्न बैठकले समितीहरुले हाल सम्म गरेका प्रगती तथा आगामी दिनहरुमा गर्नु पर्ने योजनाहरुको बारेमा समेत छलफल, गर्दै आगामी दिनहरुमा सोहि अनुसारले अगाडी बढने निर्णण गर्दै सम्पन्न भएको छ । बैठकमा समितीका सदस्य एबं वाणिज्य संघका अध्यक्ष पुर्व अध्यक्ष लगायत बिभिन्न सदस्यहरुको सहभागिता रहेको थियो । महोत्सवमा घरेलु तथा कृषि मेला प्रर्दशनीले गुल्मीमा उत्पादन हुने सम्पूर्ण कृषिजन्य सामग्री, स्थानीय भेषभुसा, स्थानीय परिकार गुल्मीमा उत्पाद हुने कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिउदो माछा लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामीक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथमिकताका साथ महोत्सवमा राखिने संयोजक मनिराम अर्यालले बताउनु भयो । अर्यालका अनुसार महोत्सवमा गोरु द्धारा उखु पेल्ने, उखुबाट ताजा बिभिन्न परिकारहरु गुड, खुदो लगायत उखुको रस, त्यस्तै सिमीचौर राङवासका आमा समुहद्धारा चिउरी पेल्ने समेत महोत्सवमा ब्यवस्था मिलाईएको बताउनु भयो । महोत्सवमा गुल्मीमा उत्पादन भएका कृषि जन्य सामाग्रीहरु प्रर्दशनीमा राख्ने मध्ये उत्कृष्ट कृषकहरुलाई जिल्ला कृषि बिकास समितीको तर्फबाट पुरस्कारको व्यबस्था मिलाईएको बताईएको छ ।
गुल्मी जिल्लाको समग्र बिकासको आधार धार्मिक स्थलहरुको पर्बद्धन पर्यटन कृषि उद्योग र ब्यापार भन्ने नाराका साथ २०६८ बैशाखमा प्रथम गुल्मी महोत्सव भएको थियो । पहिलो महोत्सवको झण्डै ३ वर्ष पछि गुल्मी जिल्लामा दोश्रो महोत्सव हुन लागेको हो । दोस्रो गुल्मी महोत्सव “गुल्मी जिल्लाको समग्र विकासको आधार,कृषि पर्यटन र व्यापार दोस्रो गुल्मी महोत्सव तथा कृषि पर्यटन,व्यापार” एबं आद्योगिक मेला २०७१ भन्ने नाराका साथ सम्पन्न हुदै छ । महोत्सवमा १ सय ५० स्टलहरु रहने स्टल संयोजक बिरेन्द्र भुसालले बताउनु भयो । महोत्सवमा ५ करोड भन्दा वढीको आर्थिक करोबार हुने लक्ष्य रहेको गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयले बताउनु भयो । महोत्सव सफल वनाउन यतिबेला गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेयको अध्यक्षतामा मुल समारोह समिती गठन गरिएको छ । समितीको सदस्यमा जिल्लाका बिभिन्न संघ संस्था, पुर्व मन्त्री सभासद लगायत गुल्मी जिल्लाका बिभिन्न तह तप्का व्यत्तिहरु समेत सदस्यमा रहेका छन । महोत्सव सफल बनाउन ३६ वटा बिभिन्न समितीहरु गठन गरिएको छ । समितीेहरुले यति बेला आफना गतिबिधीलाई तिब्र पारिरहेका छन । महोत्सवले समग्र गुल्मी जिल्लाको धर्मिक स्थालहरुको प्रवद्र्धन, कृषि उद्योगहरुको प्रचार प्रसार सगै गुल्मी जिल्लामा पर्यटन प्रवद्र्धन गर्नको लागी गुल्मी महोत्सवको आयोजना गरिएको बाणिज्य संघका महासचिव एबं दोस्रो गुल्मी महोत्सव सचिवालय संयोजक कृष्णप्रसाद पोखरेलले वताउनु भयो ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.