"2513058968709111" /> आगामी एसएलसी परिक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने ।। - अनिश शर्मा गैरे
Breaking News
recent

आगामी एसएलसी परिक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी हुने ।।

आगामी चैत ५ गते सुरु हुने प्रवेशिका परीक्षामा पाँच लाख ७२ हजार दुई सय सात विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार एक सय २५ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार चार सय २१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् ।
त्यसैगरी पूर्वाञ्चलबाट एक लाख ३५ हजार तीन सय ५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६ सय ६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् । पश्चिमाञ्चलमा एक लाख एक हजार सित सय ६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार सात सय ४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६ सय ८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जनाएको छ । परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य तीव्र पारिएको कार्यालयले जानकारी दिएको छ  ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Anish gaire. Powered by Blogger.