सर्लाहीमा गोली प्रहार गरि एक जनाको हत्या ।।
पौष २४–
सर्लाहीको नारायणपुर गाविसमा गोली प्रहार गरि एक जनाको हत्या गरिएको छ । नारायणपुर गाविस वडा नम्वर १ का ३८ वर्षीय सञ्जय ठाकुरलाई गोली प्रहार गरि हत्या गरिएको हो । नेपाल भारतको दशगजा क्षेत्र भन्दा ५० मिटर वर सर्लाही तर्फ हत्या गरि फालिएको अवस्थामा ठाकुरको शव आज बिहान फेला परेको सर्लाहीका प्रहरी नायब उपरीक्षक सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । ठाकुरलाई गोली प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक सिजापतिले बताउनुभयो । टाउकोमा दुई राउण्ड गोली लागेर मृत्यु भएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ ।

No comments: