नेकपा एमाले वामीले श्रद्धाञ्जली सभा सम्पन्न गरयो ।
अनिश गैरे, वामी गुल्मी
पौष ३०–
नेकपा एमाले गाउँ कमिटि वामीको आयोजनामा श्रद्धाञ्जली सभा वामी ३ परुवामा सम्पन्न भएको छ । नेकपा एमाले गुल्मीका जेष्ठ कम्युनिष्ट लिस्टका सदस्य रामचन्द्र श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा रुद्राबति बहुमुखी क्याम्पसका सहायक क्याम्पस सञ्चालक समितिका अध्यक्ष महेश बहादुर जीसीको प्रमुख आतिथ्यता रहेको थियो । वामी ३ निबासी नेकपा एमाले गाँउ कमिटि वामीका सक्रिय सदस्य भिष्म तथा युबराज सापकोटाका पिता समाजसेबी बिनिदत्त सापकोटाको निधनले आफ्नो पार्टी मर्माहत भएको भन्दै उपस्थितहरुले मृताआत्माको चीर शान्ति र बैकुण्ठ बासको कामना सहित श्रद्धाञ्जली ब्यक्त गरेका थिए । कार्यक्रममा नेकपा एमाले क्षेत्रीय कमिटि सदस्य प्रकास काफ्ले, वामी बिश्व सम्पर्क मञ्च वामीका अध्यक्ष ज्ञानहरी सापकोटा लगायतले शोक मन्तब्य ब्यक्त गर्दै स्वर्गीय सापकोटाले सामाजीक तथा शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा परिचर्चा गर्नुभएको थियो । साथै सोही अबसरमा रुद्राबति बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामु तिबारीले क्याम्पसको शोक पत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेकपा एमाले गाँउ कमिटि वामीका अध्यक्ष नारायण सापकोटाले गर्नुभएको थियो ।

No comments: